जनता जान्न चाहन्छन्: प्रधानन्यायाधीशलाई ‘चोरबाटो’बाट गलहत्याइयो किन ? (भिडियो)
नेपालको न्यायप्रणाली नै जोखिममा हो त ?, यसो भन्छन् वकिलहरु
आम जनमानसमा प्रधानन्यायधीशलाई किन चोरबाटो प्रयोग गरी बर्खास्त गर्न खोजियो भन्ने शंका उब्जिएको छ । साथै न्यायालयको गरीमामा समेत प्रश्न चिन्ह खडा भएको छ । हुन त प्रधान्यायाधीशमा नियुक्त भएसँगै पराजुलीको जन्ममितिका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएको थियो ।
नेपालआजले ‘जनता जान्न चाहन्छन्’ श्रृंखलाका लागि नेपालबार एसोसियसनसँग सम्वद्ध वकिलहरुसँग पराजुलीविरुद्धको न्यायपरिषद्को कदमका विषयमा प्रतिक्रिया लिएको छ । प्रतिक्रियाका क्रममा सर्वोच्च अदालतका वकिलहरु नै दुई धारमा देखिएका छन् । कसैले पराजुलीका पक्षमा धारणा दिए भने केही वाकिल न्याय परिषद्को कदमका पक्षमा उभिए ।
नेपालआजसँग प्रतिक्रिया दिँदै एक वकिलले प्रधानन्यायाधीशलाई हटाइनु ‘ग्राण्डडिजाइन’ हो भने । अर्का एक वकिलले न्यायपरिषद्ले शक्तिको दुरुपयोग गर्दै वैधानिक अधिकार बाहिर गएर पत्र काटेको औँल्याए । शक्ति समूहले क्षणिक लाभका लागि न्यायपरिषद्का सचिवलाई प्रयोग गरेको उनको ठहर छ ।
तर, केही वकिलहरुको धारणा भने केही फरक छ । न्यायपरिषद्सँग सम्पूर्ण न्यायालय सञ्चालनको जिम्मेवारी हुने हुनाले प्रधानन्यायाधीशलाई पदमुक्तको पत्र काट्ने अधिकार हुने उनको तर्क छ ।
गोपालप्रसाद पराजुली जनता जान्न चाहन्छन्