अपराध सुरक्षा बैंकिङ मुख्य समाचार

एनसीसीको बोर्ड बैठकमै सीआइबीको छापा, ३० भन्दा बढी अधिकारी पक्राउ

एनसीसीको बोर्ड बैठकमै सीआइबीको छापा, ३० भन्दा बढी अधिकारी पक्राउ

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला सीआइबीको टोलीले छापा मारेको हो ।

 

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको छ । सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

 

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले एक अर्ब ७० करोड रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

 

प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

 

विशेष