मनोरञ्जन

फ्राइडे सिनेमा नेपाली सिनेमा घरमा ‘पञ्चायत’भर्सेश‘रेड’

फ्राइडे सिनेमा नेपाली सिनेमा घरमा ‘पञ्चायत’भर्सेश‘रेड’

काठमाडौं । शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘पञ्चायत’सँगै बलिउड चलचित्र ‘रेड’ प्रदर्शनमा आएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र झण्डै ५० वर्ष अघिको पञ्चायत व्यवस्थामा आधारित रहेका छ ।

 

 

चलचित्रमा सरोज खनाल, नीता ढुङ्गाना, रुपा राना, विशाल पहारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् भने सुशान्तकुमार श्रेष्ठ र गणेश गिरी लगानीकर्ता हुन् ।


त्यस्तै शुक्रबारबाटै बलिउड चलचित्र ‘रेड’का पनि प्रदर्शनमा आएको छ । राजकुमार गुप्ताले निर्देशन गरेको यस चलचित्रमा अजय देवगन, इलियाना डिक्रुज र सौरभ शुक्लाको मुख्य भूमिका रहेको छ ।


चलचित्रमा अजय देवगन एक इमान्दार र कडा स्वभावको आयकर विभागको अधिकारीको भूमिकामा देखिएका छन् भने इलियाना उनकी पत्नीको भूमिकामा देखिएकी छिन् ।

यस्तै सौरभलाई खलनायकको भूमिकामा देख्न सकिन्छ । भूषण कुमार, कृषण कुमार, कुमार मंगत र अभिषेक पाठक चलचित्रका निर्माता हुन् ।

 

विशेष