मुख्य समाचार इतिहासमा आज

आज भियतनाम नरसंहारको ५० वर्ष, अमेरिकालाई माफी मगाउने तयारी

आज भियतनाम नरसंहारको ५० वर्ष, अमेरिकालाई माफी मगाउने तयारी

एजेन्सी । सिरिया गृहयुद्धले आठौं वर्ष प्रवेश गरिरहँदा अमेरिकाले रगतको होली खेलेको भियतनाममा ‘माइलाइ नरसंहार’ भएको शुक्रबार ५० वर्ष पुगेको छ । नरसंहारबाट बाँचेका, उनीहरुका परिवार र करिब ६० अमेरिकी भियतनामी युद्ध दिग्गज र युद्ध विरोधी अभियन्ताहरु हत्यास्थलमा उपस्थित भएर शोक सम्झना समारोह मनाइरहेका छन् ।


१९६८ मार्च १६ मा अमेरिकी सेनाहरुले मध्य भियतनामी तट र मिस्टी हिमाली चुचुराहरुमा बसेका सन माइ गाउँहरुमा ५०४ मानिसहरुको हत्या गरेका थिए । यसै नरसंहारलाई आज विश्वले माइ लाइ नरसंहार भनेर चिन्छन् ।


‘देशमा शान्ति पुनर्स्थापना भएपछि सन माइका मानिसहरुले पीडालाई भुले र अमेरिकीहरुलाई माफि दिदैं अंगालो फैलाएर बडो आदरका साथ त्यस ठाउँमा तिर्थालुको रुपमा स्वागत गरिरहेका छन्,’ क्वाङ नगाइ राज्यका नागरिक कमिटिका उपाध्यक्ष डाङ नगोकले समारोहमा भने । उनले अगाडि भने, ‘यो सत्य सामना गर्ने ठाउँ हो, आफैलाई सामना गर्ने र दिमागले शान्ति पाउने ठाउँ हो ।’


नरसंहारबाट बाँचेकाहरुले त्यो आम हत्यापछि उत्पन्न भएको अन्धकार र सन्नाट्टामा अमेरिकाको पुनः हमलाको त्रासबीच मरेकाहरुको लाश बढो कष्टप्रद ढंगले पुरेको रोयटर्सलाई बताए ।


भियतनाम भएको त्यो युद्ध अपराध अमेरिकाको अहिलेसम्म कै सबैभन्दा खराब रेकर्ड हो तर युद्धपीडितहरुका लागि त्यो हत्यास्थल एकदमै स्मरणीय बनेको छ । तर अहिले आएर पुनः अमेरिका र भियतनामबीच सम्बन्धमा न्यानोपना आउँदैछ ।


स्मृति समारोहमा उपस्थित दिग्गज र अभियन्ताहरुले अमेरिकालाई नरसंहार लागि क्षमा माग्न पत्र पठाउने तयारी भइरहेको बताए ।

विशेष