खेल मुख्य समाचार

अाेडिअार्इ स्टाटस पाएपछि नेपाली क्रिकेट टिमकाे यस्ताे ड्रेस

अाेडिअार्इ स्टाटस पाएपछि नेपाली क्रिकेट टिमकाे यस्ताे ड्रेस

नेपाली क्रिकेट टिमले अाेडिअार्इकाे स्टाटस पाएसँगै संसारभरीबाट बधाईकाे अाेर्इराे पाउन थालेकाे छ । नेपाल क्रिकेट संघ (क्यान) अार्इसीसीबाट निलम्बनमा परेका बेला एकदिवसीय मान्यता पाएपनि तत्काल खेल्न पाउने या नपाउने खुलदुली चर्काउँदै गर्दा नेपाल एकदिवसीय खेल्न पूर्ण तया याेग्य भएकाे अार्इसीसीले जनाएकाे छ । 

पहिलाे चाेटी र्इतिहास काेर्दै नेपाल एक दिवसीय खेल्न याेग्य भएकाेमा बधार्इ दिदै लाेअर्ड क्रिकेट ग्राउण्डले पनि ट्वीट मार्फत खुसी व्यक्त गरेकाे छ । उसले भनेकाे छ नेपाल अब पूर्णतया मान्यता प्राप्त र याेग्य भर्इसक्याे ।

 

उपलब्धीहरु

वरियता

नेपाल पनि अब आइसीसीको वरियतामा समावेश हुनेछ। अहिले आइसीसीको फूल मेम्बर १२ टिम र अन्य ४ टिम गरी १६ टिमसँग मात्र ओडिआई स्ट्याटस छ। त्यसमध्ये हङकङ र पपुवा न्यूगिनीले ओडिआई मान्यता गुमाउँदा त्यो दुई स्थानमा नेदरल्यान्ड्स र नेपाल रहनेछन्। अहिले टेष्ट मान्यता पाएका १२, वर्ल्ड क्रिकेट लिग च्याम्पियनको हैसियतमा रहेको नेदरल्याण्ड्स तथा वर्ल्डकप क्वालिफायरको सुपर सिक्समा पुगेका स्कटल्याण्ड र युएईले ओडिआई स्ट्याटस पाएका छन्।

अब यी टिमसँगै नेपालले पनि वरीयतामा रहनेछ। यस्तै अब नेपालका खेलाडी पनि आइसीसीको वान डे इन्टरनेशनल वरीयतामा समावेश हुनेछन्।

 

उच्चस्तरको प्रतियोगिता खेल्न पाउने

अहिले नेपालमा घरेलु क्रिकेट लगभग शून्य नै छ। नेपाल क्रिकेट संघ (क्यान) लाई आइसीसीले निलम्बन गरेका कारण नेपाली क्रिकेटलाई ठूलो घाटा लागेको छ र त्यसको मार प्रतियोगिता नहुनाले खेलाडीमा परेको छ। निजी स्तरबाट हुने फ्रेन्चाइज प्रतियोगिताले नै नेपालको क्रिकेट धानिरहेको छ। अब नेपालले वर्ल्ड क्रिकेट लिग सँगै चार दिनको इन्टरकन्टिनेन्टल कप समेत खेल्न पाउनेछ। इन्टरकन्टिनेन्टल कप जित्न सके टेस्ट स्ट्याटस समेत पाइन्छ।

यस्तै एसिया कप जस्तो ठूलो प्रतियोगितामा समेत नेपालले सहजै सहभागिता पाउन सक्छ। जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

 

फन्डमा वृद्धि

ओडिआई मान्यता पाउने टिमले आइसीसीबाट पनि ठूलो फण्ड सहयोग पाउनेछ। नेपाल जस्तो राष्ट्रको लागि त्यो निकै ठूलो सहयोग हुनेछ। आइसीसीले आफ्नो सदस्य राष्ट्रलाई विभिन्न क्याटेगोरीमा राखेर बजेट छुट्याउने गरेछ।

अब ओडिआई स्ट्याटस पाएपछि नेपालले वार्षिक ७ करोडसम्मको बजेट पाउनेछ। यसबाट नेपालले स्तरीय विदेशी प्रशिक्षक ल्याउन सक्छ, खेलाडीहरुको तलब भत्ता लगायत सेवा सुविधा नियमित दिन सकिन्छ। यस्तै अभ्यास खेलका लागि विदेश भ्रमण गर्न सहज हुनेछ। नेपाली क्रिकेट टिमलाई आर्थिक सहजताका लागि यो महत्त्वपूर्ण चरण हुनेछ।

विशेष