मुख्य समाचार रोजगार

अार्इटी पढेकालार्इ जागिर खाने अवसरः चैत ९ गते आईटी रोजगार मेला हुँदै

अार्इटी पढेकालार्इ जागिर खाने अवसरः चैत ९ गते आईटी रोजगार मेला हुँदै

काठमाडैं । आइटी अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्नका लागि डेर वाकले चैत्र ९ गते डिडब्लुआईटी रोजगार मेला २०१८ आयोजना गर्ने भएको छ । मेला सिफल स्थिति डेर वाक कम्प्लेक्स भित्र आयोजना हुन लागको हो ।

 

आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई आईटी कम्पनीमा जागिर खाने वातावरण निर्माण गर्नका लागि मेला अयोजना गर्न लागिएको मेलाका प्रबन्धक सम्झना पोखरेलले बताइन् ।

 

स्टलबाटै विद्यार्थीहरुले रोजगारीको अवसर पनि प्राप्त गर्न सक्नेछन् । विभिन्न आईटी कम्पनीका स्टलले विद्यार्थीसँग मेलको समयमै अन्तरवार्त लिएर वा उनीहरुको सर्टिफिकेट जाँच गरेर रोजगारीको अवसर प्रदान गर्ने उनीले बताइन् ।

 

पोखरेलका अनुसार मेलामा आईटी कम्पनीका ३० वटा स्टलहरु रहने छन् । ती स्टलबाट आईटी विद्यार्थीहरुले आईटी कम्पनीहरुको बारेमा जानकारी लिनसक्नेछन् । हालसम्म १८ वटा कम्पनीहरुले स्टल बुक गरिसेका छन् ।

 

मेलामा स्टल राख्ने कम्पनीहरुका लागि श्रेणी अनुसारको शुल्कको व्यवस्था गरिएको छ । प्याकेज एमा प्रतिस्टलको मूल्य २० हजार रुपैयाँ, प्याकेज बीमा १० हजार रुपैयाँ, प्याकेज सीमा प्रतिस्टल ५० हजार रुपैयाँसम्म तोकिएको छ । तर, मेलामा विद्यार्थीहरु निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

विशेष