तेस्रो लिंगीका दुखः समाजले किन आत्मसम्मान दिँदैन हामीलाई ? (भिडियो)
तेस्रो लिंगी समुदाय किन तिरस्कृत ? पुरुषबाट महिला बनेकी अनुष्काको भोगाई
काठमाडौं । जन्मदा पुरुष भएर जन्मे पनि उमेर बढ्दै गएपछि महिलाको स्वभावको विकास भयो अनुशा लामाभित्र । बाल्यकालदेखि नै केटा जस्तो देखिए पनि केटीहरुसँगको संगतमा रमाउने स्वभाव थियो ।
सबैले सानैमा उनलाई पुरुषको रुपमा व्यवहार गर्थे । उनी आफू भने पुरुष ठान्दिनथिन् । यस्तो द्धन्द्धबाट गुज्रिनु उनका लागि निकै चुनौतीपूर्ण थियो । समाजले पुरुष भने पनि उनको स्वभाव भने पुरुषको जसतो थिएन ।
जहाँबाट मुक्त हुनु नै थियो अनुषाका लागि । त्यही उनको जीवनकै कठिन समय भइदियो । अन्ततः अनुषा तेस्रो लिंगीको पहिचानमा बाँचेकी छन् । समाजले भने तेस्रो लिंगीप्रति गर्ने व्यावाहार उनलाई ठीक लाग्दैन ।
कसैको रहर र चाहनाले नभइ प्राकृतिक रुपमा आउने स्वभाव हो तेस्रो लिंगी पनि । त्यसो त पछिल्लो समय उनले तेस्रो लिंगी अधिकारको बारेमा खुलेर बोल्न सक्ने भएकी छन् ।
तोस्रो लिंगीहरुले कुनै गाह्रो अप्ठ्यारो नमानी सहज तरिकाले आफ्नो पहिचानको लागि खुलेर अगाडि आएको खण्डमा विभेदकारी समाजलाई चुनौती दिन सकिने उनको बझाई छ ।
पुरुष हँुदा आफ्नो आत्मासँग नै युद्ध गरेर बाच्नु परेको बताउँदै लामाले भनिन्, ‘अहिले समाज बाहेक कसैसँगै युद्धको समना गर्नु परेको छै्रन । आत्मा र शरीरमा फरक भएर बाच्न पहिले साह्रै गाह्रो थियो ।’ अनुषा थप्छिन्, ‘त्यसैले पनि आफूबाटै परिर्वतन आवश्यक छ । समाजसँग डराएर भन्दा पनि खुलेर आफ्नो प्राकृतिक पहिचान सहित बाँच्नुपर्छ ।’
राज्यले पनि तेस्रो लिंगीलाई बिबाह गरेर बस्ने वातावरण बनाइदिनुपर्ने उनको तर्क छ । बाआमाले बिबाह गरिदिने अवस्थामा पनि सरकारले तेस्रो लिंगीको बिबाहालाई कानुनी मन्यता नदिनु संकुचित मान्यता ठान्छिन् अनुषा । कानुनी रुपमा तेस्रो लिंगीले बिबाहले मान्यता पाउनुपर्ने उनी लगायत सबै नेपाली तेस्रो लिंगीहरुको गुनासो छ ।
अनुशा लामा तेस्रो लिंगी