समाज

'हर्नमुक्त राजधानी’को बोर्ड देख्दा लाज लाग्छ, जनार्दनलाई झलक्क सम्झन्छुु'

जनार्जन पौडेल

'हर्नमुक्त राजधानी’को बोर्ड देख्दा लाज लाग्छ, जनार्दनलाई झलक्क सम्झन्छुु'

 २०७४ सालको नयाँवर्षको कुरा हो जसको पूर्वसन्ध्यामा हामी सपरिवार पोखरा घुम्न गएका थियौं । हामी काठमाडौंबाट चैत्र ३१ मा गएर २०७४ बैशाख ३ गते फर्केका थियौं । तर, पोखरा बसाईको ४ दिनमा मेरो मन भने निरन्तर राजधानी वरीपरी नै घुमिरहेको थियो । कारण थियो सरकारले नयाँ वर्षबाट लागु गरेको हर्नमुक्त राजधानी । मेरो मनमा एउटा कौतुहलताले छाएको थियो ।

 

मनमा लाग्थ्यो, कस्तो होला है हर्नमुक्त राजधानी ? कतिखेर पोखराबाट काठमाडौं फर्किउला र हर्नमुक्त शहर हेरौंला भन्ने मेरो धोको ४ गते बिहान मात्र पुरा भयो । ४ गते बिहानै म अनलाइन पत्रिकामा समाचार अपडेट गर्न मोटरसाईकल लिएर निस्केको थिएँ । बाटाभरि थुप्रै सवारी साधन थिए तर त्यसदिन कुनै पनि सवारी साधनले हर्न बजाएका थिएनन् ।

 

हिजोअस्ती कानै फुट्ला जस्तो गरि हर्न बजाउने गाडीले आज टिंट पनि गरेका थिएनन् । आज त गाडीको इन्जिनका आवाज मिठो संंगीतको धुनझै लागिरहेको थियो । । म दंग परें र मन मनै भनें, ‘आहा कति राम्रो नियम ल्यायो ट्राफिक प्रहरीले !

 

वास्तवमा त्यसका केही दिनसम्म राजधानीमा ‘नो हर्न’ योजना एकदमै प्रभावशाली भएको थियो । यातायातका साधनहरुले बजाउने हर्नले ध्वनि प्रदूषण बढाएको र दुर्घटना संख्यामा समेत बढी देखिएको भन्दै ट्राफिक प्रहरी कार्यालयले यात्रुको जीवनरक्षार्थ काठमाडौं उपत्यकाबासीलाई दिएको नयाँ वर्षको उपहार थियो यो ।

 

हर्न निषेध अभियानले सवारीचालक निकै सावधान बनाउने भएकाले यसको प्रभाव स्वरुप नै केही दिनमा नै सडक दुर्घटनाको संख्या झन्डै आधा घट्यो । यो नियमले दुर्घटनाको दर ५० प्रतिशत घटेको, सवारीचालक संयमित र सावधान भएको तथ्यांक ट्राफिक प्रहरीबाट आइरहेको थियो । यस अर्थमा पनि यो साँच्चिकै नेपाली जनतालाई ट्राफिक प्रहरी कार्यालयले दिएको निकै ठूलो कोशेली थियो  । तर, दुर्भाग्य यो योजनालाई धेरै टिक्न दिइएन ।

 

अव धेरै मात्रामा ध्वनी प्रदुषण त रोकियो तर यातायातका साधनलाई मात्र कडा नियम लगाएर भएन जबसम्म पैदलयात्रीलाई अनुशासित बनाउन सकिन्नँ तबसम्म नो हर्न अभियान पनि असफल हुने देखेर त्यसको डेढ महिना पछि अर्थात जेठ १६ गतेदेखि लागुहुने गरी सरकारले अर्को नियम ल्यायो जस अनुसार पैदल यात्रीले जेब्रा क्रसिङ बाहेक अन्यत्र जथाभावी बाटो काटेमा २ सय जरिवाना तिर्नुपर्ने भयो तिर्न नसक्ने वा हिचकिचाहट गर्नेले ट्राफिक कार्यालयमा ३ घण्टा नियन्त्रणमा बस्नुपर्ने भयो ।

वास्तवमा यो नियमा चालक र यात्रु दुवैलाई सन्तुलनमा ल्याउन र दुर्घटना रोक्नका लागि ल्याइएको थियो ।

 

                                                                        सान्दर्भिक तस्वीर

 

ट्राफिक नियमले सवारी साधनलाई मात्र जरिवाना गर्दा टुलुटुल हेरेर जहाँ पायो त्यहाँबाट हिँड्ने पैदलयात्री सचेत गराउनका लागि पनि यो नियम आवश्यक थियो किनकी पैदलयात्रीले जथाभावी बाटो काट्दा धेरै दुर्घटनाहरु भएको यथार्थ हो । पैदलयात्रीलाई कहाँबाट बाटो काट्नु हुँदैछ र कहाँबाट हिँड्नु हुँदैन भन्ने मौखिक रुपमा सिकाउँदा सिकाउँदै बर्षौ वितिसकेको र सभ्य भनिने नागरिकले पनि अटेर गरेर जथाभावी बाटो काटेकाले यो नियम ल्याउन सरकार बाध्य थियो ।


ट्राफिक प्रहरीको दोस्रो अभियान अन्तर्गत जेब्रा क्रसिङ, आकाशे पुल, सब वे को प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले जरिवाना अशुल्न थाल्यो र पैसा नतिर्नेलाई तीन घण्टा प्रहरी कार्यालयमा नियन्त्रणमा पनि लियो ।

 

ट्राफिक प्रहरीले यो नियम उल्लङ्घन गर्ने हजारौ जनालाई जरिवाना तिरायो । तर नेपाली समाजलाई यो कुरा पाच्य भएन । हुनत सरकारले यथेष्ट तयारी बिना यो नियम लागु गरेको थियो । सडकहरु सबैस्थानमा भत्काइएका थिए जेब्रा क्रसिङको व्यवस्था गर्न बाकी नै थियो तर पनि भएका स्थानमा पनि कसैले जेब्रा क्रसिङको मतलव नगर्ने नेपाली समाजमा यत्रतत्र कोकोहोलो मच्चाइयो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म सवैतिर पैदल यात्री माथि लगाइएको नियमको तिव्र विरोध गरियो ।

 

तत्कालै सरकार फेरियो र माओवादी केन्द्रका तर्फबाट गृहमन्त्रीमा जनार्दन शर्मा नियुक्त भए । दुर्भाग्य नै भन्नुपर्छ उनले नियुक्त हुने बितिक्कै पैदल यात्रुले जथाभावी बाटो काट्दा जरिबाना तिर्नु नपर्ने भन्दै टाफिक प्रहरीलाई यात्रुसँग जरिबाना नलिन निर्देशन दिए अब परिणाम स्वरुप यात्रुमा फेरि छाडापन बढ्यो पैदल यात्रु पुन जथाभावी बाटो काट्न थाले । गृहमन्त्रीले रातारात जेव्रा क्रसिङहरुको निर्माण गरेर पैदल यात्रुलाई अनुशासित बनाउन तिर लागेनन लागु भएको नियमलाई नै हटाइदिए । फलस्वरुप ‘राजाको राँगो’ फुकेझैं भयो फेरि पैदल यात्रुले पर्खाल नाग्न थाले जथाभावी बाटो काट्न थाले ।

 

अव सवारी चालक पनि के कम अलि कम बजाउन लागेका हर्न फेरि बज्न थाले । अहिले ‘हर्नमुक्त राजधानी’ होडिङबोर्डमा मात्र सिमीत भइसकेको छ । यातायातका सवारीधनीले पहिलाकै अनुपातमा हर्न बजाउन थालिसकेका छन् । ट्राफिक प्रहरीकै अगाडि हर्न बजाएर कान फुट्ला जस्तो हुदा पनि उनीहरु मुकदर्शक भएर बसेका छन् ।  हर्न मुक्त राजधानी’ लेखेको बोर्ड भने हटाइएको छैन म भने त्यो बोर्ड हेर्ने बित्तिक्कै लाजले रातो पिरो हुन्छु र गृहमन्त्री जनार्दन शर्मालाई झलक्क सम्झन्छु ।

विशेष