समाज

आगलागीले ८५ घरसहित लत्ताकपडा र खाद्यान्न जलेर नष्ट

आगलागीले ८५ घरसहित लत्ताकपडा र खाद्यान्न जलेर नष्ट

सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ मधुवनस्थित वातर बस्तीमा आगलागी हुँदा ८५ वटा घर जलेका छन् ।

 


गएराति ८ बजेदेखि आगलागी भएको थियो भने त्यसको नियन्त्रणका लागि १२ बजेसम्म लागेको थियो । आगो निभाउन मोरङ र सुनसरीसहितका ५ वटा दमकल प्रयोग भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

 


आगलागी कसरी भयो भन्नेबारे अझै जानकारी नआएको उनले बताए । स्थानीयबासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाहरूले आगो नियन्त्रणमा ल्याएका थिए । आगलागीबाट मानवीय क्षति नभए पनि लत्ताकपडा र खाद्यान्न भने जलेर नष्ट भएका छन् ।

 


आगोलागीपीडितलाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले आह्वानसमेत गरेका छन् । ८५ घरका २ सय ५० जना घरबारविहीन भएको उनले जानकारी दिए ।

विशेष