श्रीमतीको छोटो लुगाको डान्सले कत्तिकाे फरक पार्ला धमलालार्इ
काठमाडौं । आफ्ना कार्यक्रममा नायिकाहरुले लगाउने पहिरनका विषयमा ¥याख¥याख्ती पार्ने ऋषि धमलालाई उनकै श्रीमती एलिजा गौतमले लगाएको कपडा र उनको नृत्य देखेर सर्वसाधारणले प्रश्न गर्ने बेला आएको छ ।
श्रीमती एलिजाकै कारण फिल्ममा लगाव देखाएका धमलाले ‘अनुराग’ नामक चलचित्र निर्माण गर्न लागेका छन् । यो फिल्म श्रीमतीकै रहर पूरा गर्नको लागि निर्माण गर्न लागेको धमलाले बताएका छन् । सिने क्षेत्रभन्दा राजनीति र पत्रकारितामा बढी रुचि र दक्खल राख्ने धमलाको फिल्ममा उनकी सासूको पनि लगानी रहेको छ ।
‘कान्छा दाइ गाना बजाइदेऊ न’ बोलको गीतमा बोल्ड भूमिकामा देखिएकी एलिजालाई देखेर कसैले दुई सन्तानकी आमा भनेर पत्याउनै सक्दैनन् । गीत ताराप्रकाश लिम्बूको स्वर र संगीतमा बनेको हो । ‘अनुराग’को पहिलो गीत युट्युबमा रिलिजसमेत भइसकेको छ ।
। उक्त गीतमा उनलाई कार्टुन क्रुजका सरोज अधिकारीले साथ दिएका छन् । गीतले अहिलेसम्म १४ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । गीतको मेलोडी रुचाइएको छ भने सरोजको डान्सको धेरैले प्रशंसा गरेका छन् ।
एलिजालाई भने मिश्रति प्रतिक्रिया आएको छ । केहीले उनको मिहिनेतको सरहाना गरेका छन् भने धेरैले उनी हिरोइन बन्न योग्य नभएको टिप्पणी पनि गरेका छन् ।
आफ्नी श्रीमतीको शरीर अन्य नायिकाको भन्दा कम नभएको धमला बताएका छन् । एलिजाको आत्मविश्वासको धमलाले खुलेर प्रशंसासमेत गरेका छन् ।