गर्मीयाममा कसरी स्वस्थ रहने ? जान्नुहाेस् ११ टिप्स
काठमाडौं । गर्मी मौसम शुरु भएसँग हाम्रो शरीरमा विभिन्न रोगले सताउन थाल्छ । विशेष गरी सामान्य कुरामा समेत ध्यान नदिँदा हामीलाई रोगले सताउन थाल्छ । कतिपय अवस्थामा हामी थाहा पाएर पनि व्यवहारमा भने उतारिरहेका हुँदैनौं ।
आउँ, हैजा, झाडापखालालगायत रोगबाट बच्न डाक्टरहरुले विभिन्न तरिकाहरु सुझाएका छन् । तिनलाई हामीले दैनिक जीवनमा प्रयोग गर्दै जाने हो भने यस्ता गर्मीयामसँगै आउने विभिन्न रोगबाट धेरै हदसम्म छुटकारा पाउन सक्छौं ।
१) हरेक फोहोरजन्य सामान छोएपछि वा खाना खानुअघि साबुनपानीले हात धुने ।
२) पानी सकेसम्म उमालेर वा पानी शुद्धीकरणका विधि अपनाएर मात्र पिउने
३) बासी तथा सडेगलेका खानेकुरा नखाने
४) घरबाहिर गएर आएपछि र शौचालयको प्रयोग गरिसकेपछि साबुनपानीले हात धुने
५) सडकको छेउछाउ वा खुला ठाउँमा बनाइएका र धुलोमा बनेका खानेकुरा नखाने
६) फोहोर तथा झिँगा भन्केका खाना नखाने
७) राम्रोसँग नपाकेका खानेकुरा नखाने
८) मांसाहार खानेकुरामा सकेसम्म जोड नदिने
९) सागसब्जी सफा पानीले धोएर मात्र खाने
१०) खाना पकाइसकेपछि राम्ररी छोपेर राख्ने
११) सकेसम्म ताजा खानेकुरा खाने