एउटा ब्रान्डेड कारको रेटभन्दा पनि बढि पर्छ आलियाको यो ड्रेसको मुल्य
केहिदिन अघि मात्र बलिउड नायिक आलिया भटले आफ्नो जन्मदिन मनाईन् । ‘स्टुडेण्ट अफ द इयर’ फिल्मबाट बलिउड डेब्यू गरेकी आलियाले अहिलेसम्म गरेको हरेकजसो फिल्महरुले बक्सअफिसमा राम्रो गरेको छ ।
बलिउडमा ६ वर्ष बिताईसकेकी आलिया अभिनयले मात्र नभएर स्टाइलिश शैली र फेशनका कारण पनि चर्चित छिन् । उनी आफ्ना लागि लगाउन सहज कपडाहरु धेरै किन्छिन् ती कहिले महंगा हुन्छन् कहिले निकै सस्ता ।
आलियाले केही कपडा लगाएर भने निकै चर्चामा आइन् । ती कपडा यतिसम्म महंगा थिए कि तिनीहरुको मूल्यमा सामान्य मानिसले त घर र गाडी दुवै किन्न सक्थे । गतवर्ष आइफा अवार्डस्मा आलियाले महंगो कपडाको रेकर्ड नै तोडिन् ।
न्यूयोर्कमा भएको यो समारोहमा आलियाले चर्चित डिजाइनर जुहेर मुरादको कलेक्सनको गाउन लगाएकी थिइन् । यसको मूल्य २३ लाख १७ हजार १ सय ४० भारतीय रुपैयाँ थियो । जसलाई नेपालीमा रुपान्तरण गर्दा ३७ लाख ७ हजार ४ सय २४ रुपैयाँ पर्छ ।