मनोरञ्जन चाडै आउदैछ

नेपाल आईडलको होस्टमा दोहोरीईन् रीमा, उनलाई कसले साथ दिंदैछ ? थाहा पाउनुस्

नेपाल आईडलको होस्टमा दोहोरीईन् रीमा, उनलाई कसले साथ दिंदैछ ? थाहा पाउनुस्

काठमाडौं । आगामि चैत्र ६ गते बाट नेपाल आइडल २ सञ्चालन हुने भएको छ । नेपालका टेलिभिजनहरु मध्ये एक छुट्टै पहिचान बनाएर अगाडि बढेको टेलिभिजन एपिवान एच डि टेलिभिजन बाट प्रदर्शनमा आएको चर्चित रियालिटी सो नेपाल आइडल सिजन २ का कार्यक्रम संञ्चालकहरु परिवर्तन भएका छन् ।

 

देशकै प्रतष्ठित गायन रियालिटी शो “नेपाल आईडल” को दोस्रो संस्करणको पनि तयारी सुरु भईसकेको छ ।

 

 

एपिवान टेलिभिजनले भित्राएको दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् । “नेपाल आईडल २” को होस्ट यसअघिकी प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय चलचित्र ‘२ रुपैयाँ’ बाट चर्चामा आएका नायक आशिफ शाहले होस्ट गर्ने भएका छन् ।

 


‘नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशिल नेपाल अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा ब्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् । ६ महिनाको लागि अनुबन्धित भएका उनि अहिले भने डामाडोल चलचित्रको स्क्रिप्ट लेखन कार्यमा व्यस्त रहेको बुझिएको छ ।

 


यता प्रस्तोताहरु फाईनल भएपनि “नेपाल आईडल २” का जजहरुको बारेमा भने केही खुलाईएको छैन् “नेपाल आईडल २” को अडिसन भने चैत्र ६ गते भैरहवा ,चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौँडा, बैशाख ८ गते धरान र बैशाख १४ गते पोखरामा हुने बताईएको छ ।

विशेष