गायक उदितनारायण झा एक दशकपछि सप्तरीमा
दशकौंपछि नेपाली तथा हिन्दी गीतका पाश्र्व पायक उदितनारायण झा आफ्नो गाउँ सप्तरीको भारदह फर्किएका छन् ।
उनी एक दशकपछि होली अर्थात् फागु मनाउन आफ्नो गाउँ आइपुगेका हुन् ।
जेठी पत्नी रञ्जना झासँगै आएका उनी करिब एक साता सप्तरीमै रहने र यस वर्षको फागु पनि यही मनाउने भएका छन् । जेठी पत्नी रञ्जनासँग सम्बन्ध चिसिएपछि उनी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका छन् ।