समाज

खाद्य संस्थानको भन्दा निजीको चामल सस्तो

खाद्य संस्थानको भन्दा निजीको चामल सस्तो

ताप्लेजुङ । सरकारले दुर्गम ग्रामीण भेगका सर्वसाधारणलाई अनुदानमा उपलब्ध गराउने चामल ताप्लेजुङको फुङलिङ गोदाममै थन्किएको छ ।

 

 

ग्रामीण भेगसम्म मोटरबाटोको पहुँच पुगेकाले संस्थानको चामल किन्न कोही नआएका हुन् । ग्रामीण भेगमा संस्थानको गोदाम नभएकाले चामल लिन सदरमुकाम धाउनुको साटो घरमै गाडीबाट ल्याउँदा फाइदा हुने भएकाले यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।

 

संस्थानले दिने चामल किनेर घरसम्म ल्याउँदा लाग्ने खर्च र घरमै व्यवसायीले ल्याउने चामलको मूल्य उस्तै उस्तै पर्न गएकाले संस्थानको चामल किन्ने मान्छे घट्दै गएका खाद्य संस्थान ताप्लेजुङ प्रमुख ललितकुमार यादवले जानकारी दिए ।

विशेष