समाज

नगरपालिकाकामै छैन पार्किङस्थल

बसपार्क व्यवस्थापनका लागि ३५ लाख रुपैयाँ छुट्याइ पनि काम हुन भने सकेकाे छैन ।

नगरपालिकाकामै छैन पार्किङस्थल

सदरमुकाम फुङलिङभित्रको साँघुरो सडकलाई नै पार्किङस्थलको रुपमा प्रयोग गरिएपछि ओहोरदोहोर गर्ने सवारी साधन र पैदल हिँड्ने सर्वसाधरणलाई सास्ती हुने गरेको छ । याे खबर ताप्लेजुङकाे हाे ।

 

पार्किङ अभावका कारण दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बजार क्षेत्रका व्यापार व्यवसायीलाई पनि उत्तिकै सास्ती छ । नगरपालिका घोषणा भएको लामो समय बितिसक्दा र जनप्रतिनिधि आइसक्दा पनि पार्किङस्थल निर्माण नहुनु दुःखद भएको स्थानीय बताउँछन् ।

 

जथाभावी गाडी राख्न नपाइने भए पनि पार्किङ स्थल नभएपछि नियम पालना गराउनै गाह्रो भएको ट्राफिक प्रहरी इन्चार्ज टंक न्यौपानेले बताए ।

 

नगर प्रमुख छत्रपति प्याकुरेलले भने चाँडै पार्किङको समस्या समाधान गरिने बताए । चालू आर्थिक वर्षमा बसपार्क व्यवस्थापनका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ । तर, साना सवारी पार्किङस्थल निर्माण गर्ने विषय समावेश भएको छैन ।

विशेष