स्वास्थ्य

के हाे ग्याष्ट्रिक ? कसरी राेकथाम गर्ने

के हाे ग्याष्ट्रिक ? कसरी राेकथाम गर्ने

ग्याष्ट्रिक नेपालीको परिचय नै बनिसक्याे । नेपालीलार्इ यो रोगको बानी नै परिसक्यो भन्दा अत्युक्ति नहाेला सायद । तर, वास्तवमा याे राेग नभर्इ हाम्राे जीवनशैली र खानामा ध्यान नपुर्याउँदा हुने समस्या हाे भनी डाक्टरहरूले अर्थ्याएका छन्। खासमा ग्याष्ट्रिक के हाे र कसरी हुन्छ अनि यसकाे राेकथाम कसरी गर्न सकिन्छ भन्नेबारे यहाँ विस्तृत रूपमा अर्थ्याइएकाे छ ।

 

यो रोग राग्दा के खाने र के नखाने भनी तल चर्चा गरिएको छ ।

 

कागती पानी खाने : कागतीले पेट फुल्ने र ग्याँस कम गर्नमा सहयोग गर्ने भएकाले कागती पानीकाे मात्रा मिलाएर खाने । त्यसका लागि बिहान उठ्ने बित्तिकै कागती पानी पिउँदा पेटमा भएको ग्याँस कम गर्न सहयोग पुग्छ ।

 

कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नुपर्छ ।

 

दूध नखाने : ग्यास्ट्रिक भएकालाई दूध पचाउन गाह्रो हुने भएकाले दूध नपिउनु नै उपयुक्त हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।

 

पानी प्रशस्त पिउने : लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र शरीरमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिक खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

 

लसुन खाने : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा पुर्याउने गर्छ ।

 

खाना समयमा खाने : ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।

विशेष