महको प्रयोगले पाइन्छ यस्ता रोगबाट छुटकारा
महलाई परापूर्वककालदेखि नै आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिँदै आएको छ, याे मह पञ्च अमृतमध्ये एक हाे । साथै याे विभिन्न रोगबाट मुक्ति दिलाउने अचुक अाैषधि नै हाे ।
महको प्रयोग कसरी र कहाँ कहाँ गरिन्छ, यसबारे सबैलार्इ थाहा नहुन सक्छ । तर, मह यस्ताे अाैषधि हाे, जुन जुनसुकै राेगका लागि पनि सामान्य बनिदिन्छ । यसकाे प्रयाेगबाट हुने फाइदाका सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक छ ।
१. अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोकी सन्चो हुन्छ ।
२. पाकेको आँपको रसमा मह मिसाएर जण्डिसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चिनीको सट्टा मह दिन सकिन्छ ।
३. वान्ताको समय पुदिनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४.महलाई सौन्दर्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसले त्वचालाई कोमल बनाइराख्छ भने दागहरु हटाउनसमेत मदत गर्छ ।
५. एक गिलास दूधमा मह मिसाएर राति पिउनाले दुब्लोपना हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर पिउनाले लाभ हुन्छ ।
८. हृदयको धमनीको लागि मह शक्तिवर्दक मानिन्छ । सुत्ने बेला मह र कागतीको रस मिसाएर एक ग्लास पानी पिउनाले कमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ ।
९. पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०. सुख्खा खोकीमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११. महले मांसपेशीहरु बलियाे हुन्छ ।
१२. उच्च रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३.अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४. सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने । यसले छाला चम्किन्छ ।
१५. कब्जियत भएमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले लाभ हुन्छ ।