मनोरञ्जन चाडै आउदैछ

नेपाली ठिटा 'अमेरिका ब्जाइज'

नेपाली ठिटा 'अमेरिका ब्जाइज'

जेठ १८ देखि प्रदर्शनमा आउने फिल्म ‘अमेरिका ब्वाइज’को ट्रिजर सार्वजनिक भएको छ।

 

फिल्मका प्राय: कलाकार फिचरिङ सार्वजनिक फिल्मको ट्रिजरमा कमेडी सिन र संवादहरूलाई प्राथमिकता दिइएको छ। प्रवेश पौडेल निर्देशित यस फिल्ममा हरिहर शर्मा, सुनिल थापा, अर्पण थापा, सन्दीप क्षेत्री, कामेश्वर चौरसिया, अभय बराल, आशिष प्रसाईं, सृष्टि कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनीष राउतलगायतको अभिनय रहेको छ।

 

‘सी बर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको लगानी रहेको छ। समीर खरेल कार्यकारी निर्माता रहेको यस फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी पनि सहनिर्माता रहेका छन्।

 

विवेक पण्डेको कथा, पटकथा र संवाद रहेको फिल्ममा दीपक आरजे र जयन जे वाइवाको संगीत, सुनिल क्षेत्री (नेपाली ठिटोज) को नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व रहेको छ। आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। 

विशेष