मनोरञ्जन विचित्र विश्व

रीतिरिवाज र लिंगको सीमाले नछेकेकाे प्रेम कहानी

रीतिरिवाज र लिंगको सीमाले नछेकेकाे प्रेम कहानी

अधिकांश मानिस अाफ्नाे विवाह धुमधामसँग हाेस्र् भन्ने चाहन्छन् । दक्षिण भारतमा एउटा यस्ताे घटना घट्याे जुन अचम्मकाे थियाे । उनीहरूले याे विवाह कसैलार्इ देखाउन नगरेकाे बताएका थिए । याे घटना चेन्नइ राज्यको थियाे । 

 

अर्काे कुरा याे विवाह बिनारीवाज सम्पन्न भएकाे थियो । विवाहमा बाँधिएका यी जाेडी थिए प्रीतिशा र प्रेम कुमारन । प्रीतिशा केटा भएर जन्म भएकी थिइन् भने कुमारन केटी । अन्तर्राष्ट्रिय महिला दिवसको दिन नै यो जोडी विवाह बन्धनमा बाँधिएका थिए ।

 

प्रीतिशाले भनिन्, ‘मैले केटाको रुपमा जन्म लिएकी थिएँ । तर जब म १४ वर्षकी भएँ, मलाई थाहा भयो कि मभित्र केटी जस्तै स्वभाव छ ।’ यो विवाहलाई ‘आत्मसम्मान विवाह’ को नाम दिइएको छ ।

 

तर्कवादी पेरियारले यो प्रथाको सुरुवात गरेका थिए । यो विवाह उनीहरुका लागि हो, जसलाई कुनै जाति अथवा धार्मिक रीतिरिवाजसँग विवाह गर्न चाहँदैनन् । प्रीतिशाको कहानी ६ वर्ष पहिले प्रीतिशा र प्रेम फेसबुकमा साथी बने । उनीहरुको मित्रता प्रेममा परिणत भयो ।

 

तमिलनाडुमा तिरुनेलवेलीको कल्याणीपुर भन्ने गाउँमा जन्म भएकी प्रीतिशा तेस्री सन्तान हुन् । स्कुल पढ्ने समयमा प्रीतिशालाई स्टेज नाटक गर्ने रुचि थियो र आज उनी अभिनेत्री पनि हुन् ।

 

प्रीतिशा भन्छिन्, ‘जब २००४ र २००५ पछि जब म मेरो आफन्तलाई भेट्न पाँडिचेरी गएँ, त्यसपछि मलाई सुधा भन्ने अभिनेत्रीसँग भेट्ने मौका मिल्यो । त्यस माध्यमबाट मैले कलाकारिताको बाटो रोजेकी थिएँ ।’ ‘पूंगोडीअम्मा’ बाट प्रीतिशालाई सम्बोधन गर्ने गरिन्छ ।

 

उनी ट्रान्सजेन्डर भएकै कारण अन्य त्यस्तै महिला भएको ठाउँमा पुनाको एक घरमा बस्दै आएकी थिइन् । त्यहाँ बस्दा उनलाई थाहा भयो कि त्यस घरमा बस्ने अधिकांश ट्रान्सजेन्डर जीविका चलाउनको लागि भिख माग्ने गर्थे वा वेश्यावृत्ति गर्दथे । प्रीतिशाले भने यस्तो केही गर्न चाहँदिनथिन् ।

 

सुधाको सल्लाहबाट उनले ट्रेनको साँचोको जंजीर र मोबाइल बेच्न सुरु गरिन् । ‘कोही ट्रान्सजेन्डरले भने यसको कडा विरोध गरे पनि मैले यस्तो काम गरेकाले मलाई मान्छेहरुले यो विषयमा सोध्ने गर्थे ।’ १७ वर्षपछि उनले पैसा जोहो गरेर सर्जरी गराइन् ।

 

उनी अहिले परिवारको सम्पर्कमा पनि छिन् । पछि उनी दिल्लीका एक अभिनेताको माध्यमबाट आर्ट क्लबमा जोडिइन् र राष्ट्रिय राजधानी र यसको आसपास अभिनय गर्न सुरु गरिन् । तीनचार वर्षपछि उनी चेन्नई फर्किइन् । प्रेम पनि ट्रान्सजेन्डर थिए ।

 

फेसबुकबाट उनीहरुको प्रेम सम्बन्ध मौलाएपछि उनले पनि सर्जरी गरेका थिए । पछि उनीहरुले आफ्नो प्रेमलाई दीर्घकालीन रुप दिन विवाहको फैसला गरेका थिए ।

विशेष