समाज भिडियो

अफ्रिकामा बस्दैआएका अनुसन्धानकर्ता भन्छन्: बोको हरामको खतरा नेपालसम्मै छ (भिडियो)

अफ्रिकाको जातीय द्वन्द्व नेपालका लागि कति खतरा ?

अफ्रिकामा बस्दैआएका अनुसन्धानकर्ता भन्छन्: बोको हरामको खतरा नेपालसम्मै छ (भिडियो)

काठमाडौं । नेपालमा जातीय पहिचानको मुद्दा उठिरहँदा जातीय द्धन्द्धको खतरा निम्तिन सक्ने टिप्पणी चौतर्फी भएको थियो । खासगरी जनजाती र मधेसी समुदायको आन्दोलन चर्किरहँदा जातीय द्धन्द्धको खतराको संकेत धेरैले गरेका थिए ।

 

त्यसो त, जातीय पहिचानको मुद्दा सेलाए पनि अझै टुंगिएको छैन । कुनै समुदायले जातीय पहिचान सहितको अग्राधिकारको कुरा उठाउँदा नेपालमा जातीय युद्धको खतरा रहेको संकेत गरिन्छ ।

 

खासगरी अफ्रिकी समाजमा विद्यमान जातीय द्धन्द्धसँग नेपालको सम्भावित अवस्थालाई जोडेर ब्याख्या गरिन्छ । रुवाण्डामा जारी हुतु र तुत्सी समुदायको द्धन्द्धसँग नेपालको जातीय विवादलाई जोडेर धेरैले हेरे ।

नेपाली समाजको यथार्थ त्यही हो त ? भनेर नेपालआजले एक बहस गरेको छ । विभिन्न अफ्रिकी मुलुकमा ६ वर्ष भन्दा बढी समयदेखि अनुसन्धानकर्ताको रुपमा रहँदैआएका लक्ष्मण भण्डारीसँग हामीले अन्तरवार्ता गरेका छौँ ।

 

भण्डारी नेपालमा छँदा पत्रकारिता गर्थे । नेपाल आएको समय पारेर उनीसँग नेपाल आजको स्टुडियोमा यो अन्तरवार्ता गरेका हौँ । भण्डारीले नेपाली समाजको धरातल र अफ्रिकी समाजको वस्तुस्थितिबारे तुलनात्मक ब्याख्या गरेका छन् ।

 

नेपाली नेताहरुले पटक पटक रुवाण्डा जस्तो जातीय द्धन्द्धको खतराको संकेत गरिरहँदा अनुसन्धानकर्ता भण्डारीको भिन्न विश्लेषण छ । उनले अफ्रिकी समाजको वस्तुस्थिति र नेपाली समाजको आम मनोविज्ञानलाई ब्याख्या गरेका छन् ।

 

यद्यपी, अफ्रिकी समाजमा विद्यमान आतंकवादी समूहहरुको खतरा एसियन देशहरुमा समेत रहेको भन्दै हाम्रो जस्तो सानो मुलुक यस प्रति चनाखो रहनुपर्ने सुझाव दिएका छन् ।

 

लक्ष्मण भण्डारी

विशेष