पन्जावी गायक दलेर मेहेन्दीलाई २ वर्षको जेल सजाय
हिन्दी पप गायक दलेर मेहेन्दीलाई मानव तस्करीको अभियोगमा २ वर्षको जेल सजाय सुनाइएको छ । तर, उनी धरौटीमा छुटिसकेका छन् ।
मेहेन्दी १९९० को दशकका लोकप्रिय पन्जावी गायक हुन् । सन् १९९८ र ९९ मा उनले कम्तीमा १० जना आप्रवासहीहरुलाई डान्सरको रुपमा अमेरिका लिएर गएका थिए र उतै छोडेर फर्केका थिए ।
पन्जाव प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेपछि ३५ जना व्यक्तिहरुले उनीविरुद्ध विभिन्न उजुरी दिएको आधारमा उनलाई पैसा खाइदिएको आरोप लागेको थियो ।
तर मेहेन्दीले पञ्जाव अदालतको फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन् ।