समाज

योगपार्कमा कसरी ध्यान गर्नेः वागमतीको दुर्गन्ध सुँघेर कि नाक थुनेर ? (फोटोफिचर)

चन्द्र राई

योगपार्कमा कसरी ध्यान गर्नेः वागमतीको दुर्गन्ध सुँघेर कि नाक थुनेर ? (फोटोफिचर)

काठमाडौं । सहरबासीहरुको जीवनशैली अस्तब्यस्त बन्दैआएको छ । शारिरीक व्यायाम र तन्दुरुस्तीका लागि खुला ठाउँ छैन । बालबालिकालाई खेल्ने ठाउँ छैन ।

 

तै पनि केही पार्क र बगैँचा बनाउने प्रयास भएका छन् । नयाँ बानेश्वर नजिकै शंखमुलस्थित योग पार्क एउटा नयाँ पार्क हो । झण्डै १ वर्षअघि यो पार्क बनेपछि हरेक बिहान यहाँ जाने स्थानीयहरुको घुइँचो नै लाग्दैआएको छ ।

केही महिनाअघि त यस पार्कमा योग सम्मेलन समेत गरियो । शारिरीक तन्दुरुस्तीका लागि योग एक अत्यावस्यक व्यायाम मानिन्छ । तर यसका लागि स्वच्छ वातावरण चाहिन्छ ।

 

समस्या के भने योगका लागि निर्माण गरिएको यस पार्कछेउ भने दुर्गन्धित वागमती बगिरहेको छ । हरेक बिहान योग र ध्यान गर्न यहाँ मान्छे त जान्छन् तर वागमतीको दुर्गन्ध कसैलाई पनि उचित लाग्दैन ।

 

हेर्दा सुन्दर र सफा पार्क मात्रै बनाएर के गर्नु ! जब पार्कमा ध्यान र योग गर्नेहरुले वागमतीको दुर्गन्ध सुँघेर ध्यान गर्न बाध्य छन् । आम मानिसको जायज जिज्ञासा के छ भने, योग पार्कमा ध्यान गर्नेहरु नाक थुनेरै ध्यान गर्छन् त ?

 

योग पार्क जस्तै पार्कले सहरको सौन्दर्य पक्कै बढाउँछ । तर वागमती जस्ता दुर्गन्धित नदीले पार्कको सौन्दर्य घटाउनुका साथै सिंगो सहरलाई नै कुरुप बनाइरहेछन् । यस्ता नदीहरुले सहरी विकास मन्त्रालय, महानगरपालिका लगायत राज्यका जिम्मेवार निकायहरुमाथि व्यंग्य गरिरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

विशेष