खेल

विश्वकपमा पुग्ने २ टिमकाे अवस्था रोमाञ्चक मोडमा

विश्वकपमा पुग्ने २ टिमकाे अवस्था रोमाञ्चक मोडमा

काठमाडाै‌ । आईसीसी विश्वकप छनोटको सुपरसिक्स अन्तर्गत वेष्ट इन्डिजले तेस्रो जित निकालेको छ । वेष्ट इन्डिजको जितपछि विश्वकपमा छनोट हुने शिर्ष दुई टिमको टुङगो रोमाञ्चक मोडमा पुगेको छ ।

 

जिम्बावेको हरारे मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टिम ५० ओभरमा २ सय ८९ रनमा अलआउट भयो । उसका लागि ब्रान्डन टेलरले १ सय ३८ र सोलोमन मिरीले ४५ रन बनाए । यस्तै सिन विलियम्सले ३४ रनको योगदान गरे ।

 

बलिङ तर्फ वेष्ट इन्डिजका जेसोन होल्डरले ४ तथा केमर रोचले ३ विकेट लिए । जवाफमा वेष्ट इन्डिजले एक ओभर बाँकि हुँदा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

 

वेष्ट इन्डिजका लागि मार्लोन स्यामुयल्सले ८६ तथा इभिन लुइसले ६४ रनको योगदान गरे । यस्तै सेई होपले ७६ रन जोडे ।

 

वेष्ट इन्डिजको जितपछि अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ । सुपर सिक्सको शिर्ष स्थानमा रहेको वेष्ट इन्डिजले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्याण्डलाई हराउनु पर्नेछ ।

 

स्कटल्याण्ड विजयी भएमा उसलाई जिम्बावे र युएईको खेलको नतिजा कुर्नुपर्ने छ । सो खेलमा जिम्बावे विजयी भएमा वेष्ट इन्डिज विश्वकपबाट बाहिर हुनेछ । 

विशेष