अामा स्याहार कार्यक्रममार्फत ४१ लाख रूपैयाँ बराबरकाे कुखुरा वितरण
दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ ।
सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका १ हजार ९ सय ७५ परिवारका लागि ४१ लाख रुपैयाँ वरावरका कुखुरा वितरण गरेको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिए ।
लेयर्स जातका ती कुखुराले पारेका अण्डा उपभोगबाट आमा र वच्चालाई पोषण तत्व प्राप्त होस् भन्ने उद्देश्यले वितरण गरिएको उनले जानकारी दिए ।
प्रतिपरिवार ५ वटा कुखुरा प्रदान गरिएको छ । यस जातका कुखुराले बार्षिक २ सय वटा बढी अण्डा उत्पादन गर्ने बताइएको छ ।