मनोरञ्जन चाडै आउदैछ

शहरमा के हुन्छ ? हेर्न जानुहोला, 'कालो शहर'

शहरमा के हुन्छ ? हेर्न जानुहोला, 'कालो शहर'

काठमाडौं । माता सुर्मादेवी प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्र “कालो शहर” को निर्माण सम्पन्न भएको छ । दिनेश सिंह ठकुरीको कथा तथा निर्देशनमा बनेको उक्त चलचित्रको फस्ट लुक समेत सार्वजनिक गरिएको छ ।

 

फस्ट लुकमा सुशिल क्षेत्री , सुरज आ.डी. तथा रबिना खड्कालाई मुख्य कलाकारको रुपमा राखिएको भने अन्य कलाकारहरुमा लक्ष्मण विक्रम बस्नेत, तिर्सना बुढाथोकी, कुमार योगी, सुरज महर, चन्द्र खड्का तथा प्रदिप रुम्बा लगायतले पनि अभिनय गरेका छन् ।

 

चलचित्र कालो शहरमा विशेषत देशका मुख्य शहरहरुमा माथीको राजनीतिक देखि तलको नाङ्लो पसलसम्म हुँने भ्रष्ट्राचार, लागु औषध, बाल यौन शोषण, कालो बजारी जस्ता आपराधिक कृयाकलापलाई उठान गरिएको निर्माण समूहको दाबी छ । दिपक सिंह साउँद प्रस्तुतकर्ता रहेको उक्त चलचित्रकी निर्मात्री मुना साउँद (जि.सी.) हुन् ।

 

अल नेपाल रिलिजको लागी वितरकसँग कुराकानी भई रहेको बताईएको चलचित्र कालो शहरको कथा तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् । त्यसै गरी पटकथा तथा संवाद सपना सिंह ठकुरीको रहेको छ ।

 

चलचित्रमा राजु घिमिरेले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् भने बिनोद सापकोटाको छायाँकन, समिर मियाको सम्पादन, निरज कुमारको गीत तथा संगीत, राजेन्द्र चौधरीको द्वन्द एवम बिक्रम चौहानको नृत्य निर्देशन रहेको छ ।

नेपाली चलचित्र

विशेष