'नेपालका मान्छे दाँत माझ्नै जान्दैनन्' : दन्तराेग विशेषज्ञ सुभास घिमिरे
स्वास्थ्यका लागि मुख स्वस्थ राखाैं भन्ने नारासहित अाज नेपालमा पनि विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपाल डेन्टल साइन्स हाइजेष्टि एसोसिएसनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा विशेषज्ञहरुले मुखको सफाइमा ध्यान नदिँदा रोगको खतरा उच्च हुने बताएका थिए ।
कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले नेपालमा ९० प्रतिशत मानिसलाई दाँत माझ्न नआउने भन्दै यसले रोगको खतरा बढाएको बताए ।
नेपालमा दन्त चिकित्सकहरुको अभाव रहेकाले काठमाडौंकेन्द्रित हुनुपरेको चिकित्सकहरुको भनाइ छ ।