मुख्य समाचार Technology सामाजिक सञ्जाल

फेसबुकले पनि सुरु गर्यो दलाली, पाँच करोड बढी व्यक्तिगत डाटा बेचेर कमाएको आरोप

फेसबुकले पनि सुरु गर्यो दलाली, पाँच करोड बढी व्यक्तिगत डाटा बेचेर कमाएको आरोप

करोडौँ प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी भएको समाचार सार्वजनिक भएसँगै फेसबुकको शेयर ह्वात्तै घटेको छ ।

 

सोमबार अमेरिकी शेयर बजारमा फेसबुकको शेयरमा भारी गिरावट आएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गरेको आरोप लाग्दै आएको छ ।

 

न्यूयोर्क स्टक एक्सचेन्जमा यो समाचारको प्रभाव परेको देखियो । सोमबार फेसबुकको शेयर ६.८ प्रतिशतले घटेको थियो । फेसबुकले यो गम्भीर आरोप भएको बताउँदै यसको व्यापक छानविनको माग गरेको छ । उसले क्याम्ब्रिज एनालिटिकललाई निलम्बित गरेको छ । अमेरिका तथा कैयौँ यूरोपेली देशका सरकारले यो आरोप गम्भीर भएको बताउँदै यसको छानविन हुनुपर्ने माग गरेका छन् ।

 

बेलायतकी प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले यसलाई गम्भीर विषय भएको बताएका छन्, ‘मानिसहरुलाई आफ्ना व्यक्तिगत जानकारीहरु सुरक्षित छ भन्ने पक्का भरोसा हुनु आवश्यक छ । यसको प्रयोग उचित तरिकाले हुनुपर्छ । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएको आरोपलाई गम्भीर विषय बताउँदै फेसबुकलाई उचित कदम उठाउन माग गरेका छन् ।

 

कतिपयले आम नागरिकको व्यक्तिगत जानकारी बेचेर फेसबुकले पैसा कमाइराखेको आरोप पनि लगाएका छन् । जब कुनै विज्ञापनदाताले एउटा लक्षित उमेर समूहलाई केन्द्रित गरेर विज्ञापन गर्न चाहन्छ भने त्यो फेसबुकले सम्भव गरिदिन्छ । फेसबुक प्रयोगकर्ता शेयर गरेका सामग्रीहरु कुनै अमुक कम्पनीलाई फेसबुकले बेच्ने गर्दछ ।

 

तपाईँ फेसबुकका लागि उत्पादन हुनुहुन्छ भने विज्ञापनदाता कस्टमर । फेसबुकलाई मात्रै यस्तो आरोप लागेको होइन, गूगल, माइक्रोसफ्ट, याहो, अमेजन तथा ट्विटरलाई पनि प्रयोगकर्ताका व्यक्तिगत जानकारी तेस्रो पार्टीलाई बेचेको आरोप लाग्दै छ ।

–एजेन्सीकाे सहयाेगमा

विशेष