समाज विचित्र विश्व

यी हुन्, चन्द्रमामा जमिन किनेर जग्गाधनी प्रमाण–पत्र प्राप्त पहिलाे नेपाली

यी हुन्, चन्द्रमामा जमिन किनेर जग्गाधनी प्रमाण–पत्र प्राप्त पहिलाे नेपाली

काठमाडौं, चैत ६ । काठमाडौं मखनका रमेशकुमार जोशी चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली बन्न सफल भएका छन् ।

 

चन्द्रमामा जग्गा किनेपछि जोशीले आफूले सानैमा चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना पूरा भएको बताएका छन् । जोशी चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक बनेका छन् । पत्याउन गाह्रो लाग्ने तर अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलेको बतार्इन्छ ।

 

संसारभरीका जिज्ञासुले झैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र तात्कालीन सोभियत संघका यूरी गागारिनले प्रारम्भिक पाइला टेकेको सुनेका थिए । उनी भन्छन्, ‘त्यतिबेलै मभित्र हामी नेपाली पनि एकदिन त्यहाँ कसो पुग्न नसकिएला भनी कौतुहलता जागेको थियो ।’

 

जोशीले १४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको “बे अफ रेन्बो” मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र प्राप्त गरिसकेका छन् ।

 

जोशीलाई त्यो सफलताका लागि सहयोग भने उनका भाञ्जा स्वराज सागर प्रधानले गरेका थिए । प्रधान नासामा नेपालबाट सदस्य छन । चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै थिए ।

 

अहिलसम्म विश्वभरका करीब ३० करोड मनिसहरुले चन्द्रमामा जमिन खरिद गरिसकेका रहेछन् । चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त ‘दि लुना रजिष्ट्री’ ले दिएको जानकारी अनुसार विश्वमा चर्चित सेलेब्रेटीहरु जोन ट्राभोल्टा, जर्ज लुकास, बार्बरा वाल्टर्स, टोम हायन्स, टम क्रुस, माइक जगर, निकोल किड्म्यान, क्लाइन्ट इष्टउड, हारिसन फर्ड, विलियम सान्टर, पेट्रिक स्टेवर्ड, स्टीभ ओजनेक लगायत भारतका सिने कलाकार शहहरुख खानले समेत चन्द्रमाको नागरिकता साथै जमिन किनिसकेको बताइन्छ ।

विशेष