स्वास्थ्य

अामाबाट मिर्गाैला पाएपछि धनबहादुरले रूँदै भने, 'अामाले मलार्इ दास्राे जन्म दिनुभयाे '

अामाबाट मिर्गाैला पाएपछि धनबहादुरले रूँदै भने, 'अामाले मलार्इ दास्राे जन्म दिनुभयाे '

भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नै मिर्गौलासमेत दिन पछि पर्दिनन् ।

 

यस्तै एउटा उदारहण बनेकी छन् छ धौलागिरि गाउँपालिका–५ मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी ।

 

तीन छोरा र एक छोरीकी आमा उनले माइला छोरा धनबहादुरको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो एउटा मिर्गौला दिएर उनलाई नयाँ जीवनसमेत दिइन् । ६९ वर्षीया भुलमती मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगेर मिर्गौला प्रत्यारोपण गरेपछि पछि प्रसन्न थिइन् । 

 

 
“छोराले मृत्युसंग संघर्ष गरिरहेका बेलामा श्रीमतीले शक्ति दिइन् । दुवैजनाको हेरचाह गरिरहेको छु,” धनबहादुरका पिता लिलबहादुरले भने । रोजगारको सिलसिलामा साउदी पुगेका धनबहादुरको स्वास्थ्य परीक्षणमा दुवै मिर्गौलामा खराबी देखिएपछि एक महिना साउदीमै उपचार गरी घर फर्किएका थिए उनी ।

 

काठमाडौँका विभिन्न अस्पतालमा उपचारको क्रममा बुढाथोकीका लागि आमा, बुबा र दिदीले मिर्गौला दिन तयार भए पनि आमाको मिर्गौला मिल्ने भएपछि प्रक्रिया अगाडि बढेको थियो ।

 

आमाको मिर्गौलाले नयाँ जीवन पाएको बताउँदै धनबहादुरले बल्ल आमाको महत्व थाहा पाएको बताए । “छोराछोरीका दुखःकष्ट सबै आमाबाटै सुल्झने रहेछ । उहाँले धेरै दुःख खेपेर मलाई दोस्रो जन्म दिनुभयो । आमा सर्वशक्तिमान हुनुहुन्छ,” उनले भन्नुभयो ।

 

धनबहादुरको उपचारमा स्वदेश तथा विदेशमा रहेका मल्कवाङवासीको सक्रियतामा आर्थिक संकलन भएको थियो । करिब रु पाँच लाख सहयोग संकलन भएको आफन्तको भनाइ छ ।

 

अझै नियमित औषधिका लागि रकम अपुग भएको परिवारको गुनासो छ । कोठा भाडा, खाना, यातायात खर्च र नियमित औषधिका लागि परिवारले सहयोगको याचना गर्दै आएका छन् । 

विशेष