‘चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली’भन्दै दुनिया झुक्याउनेको हालत
काठमाडौं । तपाईँलाई पनि फोनमा ‘लाखौंको चिठ्ठा पर्यो’ भन्दै फोनमा म्यासेज आयो होला । यस्ता अनेक बनावटी म्यासेज पठाउँदै झुक्याउने धन्धा नै चलेको छ विश्वभर ।
यस्तै धन्धाको शिकार भएका छन् ललितपुरका बासिन्दा रमेश कुमार जोशी । रोचक त के भने, जोशी स्वयंलाई आफू ‘मुर्गा बनेको’ महसुश छैन ।
र रमेशको विषयलाई लिएर थुप्रै मिडिया र पत्रकार पनि उल्लु बनेका छन् । ३० लाख पैशा र सुन भेटेपछि फिर्ता गरेको भन्दै झापाकी अनुजा बानिया र मीना सिंहकै अर्को संस्करण जोशीको जीवनमा घटित भएको छ ।
खास कुरा हो, ‘ललितपुरका जोशी चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली’ भन्दै विभिन्न मिडियाले समाचार बनाए । केही च्यानलले त उनको अन्तरवार्ता नै लिए ।
मिडियाले सोधेका छन्, ‘तपाईँलाई बधाइ छ । कस्तो महसुश भएको छ ?’ जोशी भने आफूलाई गर्व महसुश भएको बताउँछन् ।
यथार्थमा नेपालका लागि चन्द्रमामा जग्गा किन्ने कुरा अहिलेकै अर्थतन्त्रको हैसियतमा असम्भव नै हो । चन्द्रमामा पुग्नु नै असम्भव भएको बेला जोशीले भने नेपालीले जग्गा किनेको भन्दै झुटको खेती गरिरहेका छन् ।
पत्रकार उमेश श्रेष्ठले आफ्नो ब्लग माई संसारमार्फत पनि जोशी ‘मुर्गा बनेको’भन्दै यसबारे बिस्तृत तथ्य सार्वजनिक गरेका छन् ।
श्रेष्ठले आफ्नो जोशीको यो हल्ला लाखौंको चिठ्ठा परेको सुचना जस्तै भएको भन्दै गलत सावित गरिदिएका छन् ।