के तपाईंलाई अल्छी, अनिन्द्रा र थकानले सताउँछ ? अपनाउनुस् यी ७ तरिका
एजेन्सी । हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । कतिपय अवस्थामा हामीले जानी जानी पनि आफूलाई त्यस्तो बनाइरहेका हुन्छौं । तिनीहरुबाट छुटकारा पाउन अपनाउनुस् यी उपाय । जसबाट हाम्रो शरीर र दिमाग दुबै
१) प्रशस्त पानी पिउने
हामी रातभरी सुत्दा हाम्रो शरीरलाई आवश्यक पानीको अभाव भइरहेको हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनाले हाम्रो शरीरमा भएको विकारयुक्त पदार्थ बाहिर जान सहयोग पुग्छ र दैनिक रुपमा हामीले ३ लिटर पानी पिउनुु आवश्यक हुन्छ ।
२) बिहानै नुहाउने
बिहानै सुतेर उठ्दा हाम्रो शरीर आलस्य भइरहेको हुन्छ । बिहानै उठेर नुहाउनाले हाम्रो शरीर फुर्तिलो हुन्छ भने दिनभरी काम गर्दा समेत सहज हुने गर्छ ।
३) बिहानै योग गर्ने
बिहानै उठेर ध्यान गर्दा हाम्रो दिमाख तेजिलो बन्ने गर्छ भने हामीमा दिनभरी नकारात्मक कुरा हुन दिँदैन ।
४) खाना खाने बित्तिकै नसुत्ने
खाना खाइसकेपछि हामीलाई अल्छि लाग्छ र हामी सुतिहाल्छौं । खाना खाने बित्तिकै सुत्दा हाम्रो शरीरमा बिकारयुक्त पदार्थ बन्ने गर्छ । साथै मोटोपन पनि हुने गर्छ ।
५) निन्द्रा नलागे उठ्ने
हामीलाई निन्द्रा नलागे पनि हामी सुतिरहेका हुन्छौं । तर सुतिरहँदा हामीलाई झनै निन्द्रा नलाग्न सक्छ । त्यसैले सुत्नुको सट्टा किताब पढ्ने, मधुर संगीत सुन्ने गर्नुपर्छ, जसबाट हामीलाई निन्द्रा लाग्नमा सहयोग मिल्छ ।
६) चिया, कफिको ठाँउमा जुस खाने
बिहानै उठ्ने बित्तिकै चिया पिउनु हानीकारक मानिन्छ । यसको सट्टा हामी जुस पिउन सक्छौं ।
७) चाँडै निदाउने
सुत्नेबित्तिकै ननिदाए त्यसको कुनै अर्थ रहँदैन । त्यसैले निन्द्रा पारिहाल्नका लागि लामोलामोसँग सास लिने र फ्याक्ने काम गर्नुपर्छ ।