डीपीएलको खेल तालिका सार्वजनिक,६ टिमले सहभागिता जनाउने (तालिका सहित)
काठमाडौं । धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार १७ गते पहिलो दिन धनगढीको टिम चौराहा र काठमाडौं गोल्डेनबीच खेल हुनेछ ।
प्रतियोगितामा २५ गतेसम्म लिग चरणको खेल हुनेछ भने २७ र २८ गते क्वालिफायर चरणका खेल हुनेछ । त्यस्तै चैत ३० गते फाइनल खेल हुनेछ ।
विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालेका आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ ।
आईसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै यसवर्ष विदेशी खेलाडीहरु पनि भित्र्याउने टिमहरुको तयारी छ । धनगढी गरी ६ टोलीले सहभागिता जनाउनेछन्। यस्तै प्रतियोगिताको मिति नजिकिदै गर्दा डिपीएलको तयारी पनि तिव्र पारिएको छ।
खेल मैदानमा पिचको काम करिब सकिएको क्यारेटर अजय पाण्डेयले बताए । अहिले खेल मैदानमा अस्थायी प्याराफिट, बार हाल्ने, घाँस काट्ने काम भईरहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।
विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले पनि प्रतियोगिताका लागि विशेष तयारी थालिसकेका छन्।
आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका छन्।
प्रतियोगिताको विजेतालाई २५ लाख तथा उप–विजेतालाई १० लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
तृतीय हुनेलाई ३ लाख र चौथोलाई २ लाख प्रदान गरिने छ भने प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।
हेर्नुस् खेल तालिका: