स्वास्थ्य

पेटको बोसो घटाउने सरल घरेलु उपायहरु

पेटको बोसो घटाउने सरल घरेलु उपायहरु

काठमाडौँ । पेटमा चाहिने भन्दा धेरै भएको बोसोले मोटा मान्छेहरुलाई धेरै तनाव बनाइदिएको हुन्छ ।यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । परिस्थिति र समय नमिलेर घटाउने मन हुँदा हुँदै पनि धेरैलाई समस्या परिरहेको हुन्छ । पेटको बोसो धेरै तरिका बाट घटाउन सकिन्छ,केहि घरेलु उपायहरु तल दिएका छन् :

 

कागतीको रस:
दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् ।पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ ।

 

एलोभेरा जुस:
एलोभेराको जुस अन्य रोगहरुका लागि पनि निकै उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

 

काँचो मूलालाई चपाउनुहोस्:
प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ ।

 

ग्रिन टी:
ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस्:
तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।

विशेष