समाज भिडियो कभर स्टोरी

तेस्रो लिंगी अभियन्ता पिंकी गुरुङको प्रश्न: तेस्रो लिंगीलाई नागरिकताले मात्रै पुग्दैन, अधिकार खै ? (भिडियो)

नेपाली तेस्रो लिंगीका समस्या कस्ता छन् ?

तेस्रो लिंगी अभियन्ता पिंकी गुरुङको प्रश्न: तेस्रो लिंगीलाई नागरिकताले मात्रै पुग्दैन, अधिकार खै ? (भिडियो)

हेर्दा केटा जस्तै । बोली पनि केटाकै । तर आनीबानी केटीको । संघर्षका दिन सुरु हुन्छन् । संसारमा महिला र पुरुष मात्रै हुन्छन् भन्ने पराम्परागत समाजमा तेस्रो लिंगीको अलग पहिचान छ । यस विषयमा बोल्न पनि गाह्रो अवस्था थियो पहिले । लमजुङमा जन्मेर हुर्केकी गुरुङलाई आफैँले यस्तो अवस्था प्रत्यक्ष भोग्नुपर्ला भन्ने लागेकै थिएन ।

 

शारीरिक संरचना केटाको भए पनि उनी केटीको पहिचान बनाउँन चाहन्थिन् । केटीको पहिचान बनाउनका लागि सुरुमा त उनले आफ्नै मनसँग युद्ध गर्नुपर्यो । उनले केटीको पहिचान दिन आफ्नै कपडा सोल्टिनाको पसलमा गएर परिवर्तन गरिन् र समाजमा आउने प्रयास गरिन् ।

 

तर उनका बाआमा पिंकीलाई उनकै फूपुकी छोरीसँग विबाहा गराउने तयारीमा थिए । पिंकी भने फुपुकी छोरीबाट टाढा हुन चाहान्थिन् । यसरी परिवारले बुहारी भित्र्याउने चाहना गरिरहँदा पिंकी भने महिलाको रुपमा चिनिन गाह्रो थियो । महिलाको रुपमा आफूलाई चिनाउन उनलाई २९ वर्षसम्म संघर्ष गर्नु पर्यो ।

 

समलिंगीहरुको समस्या

गुरुङ अहिले निलहिरा समाज (ब्लू डायमन्ड सोसाइटी)मा अध्यक्ष छन् । अभियन्ताकै रुपमा पनि उनलाई समाजमा कतिपय अवस्थामा अपमान महसुश हुने गर्दो रहेछ । त्यसो त नेपाली समाजमै तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोण नराम्रो छ । पछिल्लो समयमा भने केही परिवर्तन हुन थालेको बताउँछिन् पिंकी ।

 

पिंकी लगायत थुप्रै तेस्रो लिंगी व्यक्तिहरु प्छिल्लो समय आफूहरुको पहिचान र अस्तित्वको लागि कानुनी रुपमै लड्दैआएका छन् । केही अधिकार पाए पनि संस्थागत विकास नभएको उनको गुनासो छ ।

 

उनी भन्छन्, ‘समलिंगीहरुले आफ्नो पहिचान पाए पनि पाएको पहिचानले मार्केटमा कस्तो प्राथमिकता पाउँछ भन्ने कुरा चुनौतिपूर्ण छ । सरकारी सेवा प्रवेशका लागि आरक्षणको कुनै पनि व्यवस्था छैन । जन्मदा जुन रुपमा जन्मिछ सोही रुपमा नागरिता लिनुपर्ने बाध्यताले सबै धन्दा गारो परेको छ । समलिंगीलाई विदेश जान झन् ठूलो चुनौती रहेको छ ।’

 

समानुपातिक कोटा नेताका आफन्तलाई मात्रै

तेस्रो लिंगी समुदायले समानुपातिक समावेशीको माग राख्दैआएका छन् । तर राजनीतिक दलका नेताहरुले यसलाई आफन्त र कार्यकर्ताको लागि मात्रै दुरुपयोग गर्दैआएको पिंकी गुनासो गर्छिन् ।

 

अल्पसंख्याकको परिभाषामा नराखेकाले राजनीति निकायका कुनै पनि पदहरुमा अवसर नपाएको उनले बताइन् । अधिरकार मागिरहने भन्दा पनि अधिकार दिलाउने ठाउँसम्मको बाटो खुलाउनु आवश्यक रहेको भन्दै समलिंगीहरुलाई पनि समानुपतिकतर्फ आरक्षण कोटाको व्यवस्था हुनुपर्ने उनको धारण छ ।

 

पिंकी नयाँ शक्ति नेपालबाट समानुपातिक सूचीमा परे पनि सांसद बन्ने सपना भने अधुरो रह्यो । यद्यपि राजनीतिक रुपमा उनी आफ्नो समुदायका माग र अधिकारलाई छोडेकी छैनन् ।

 

यौन व्यवसायमा तेस्रो लिंगी

तेस्रो लिंगीहरु यौन व्यवसायमा पनि संलग्न छन् । पिंकी भने तेस्रो लिंगीहरुलाई यस व्यवसायबाट हटाउन आवस्यक नरहेको ठान्छिन् । बरु सरकारले नै यौन व्यवसायलाई व्यवस्थित गर्दै उनीहरुको पेशा सुरक्षित गरिदिनु जायज भएको उनको भनाइ छ ।

 

साथै ‘रेडलाईट एरिया’ स्थापना गरी तेस्रो लिंगीलाई यौन व्यवसायमा लाग्न दिनु नै सरकारको बुद्धिमानी ठहरिने पिंकीले बताइन् । नेपालको संस्कृति, परम्परा तथा तेस्रो लिंगीलाई हेर्न दृष्टिकोणमा परिवर्तन नभएसम्म उनीहरु यस्तो व्यवसायमा लाग्न बाध्य हुनेसमेत उनले बताइन् । कतिपय देशले यौन व्यवसायलाई कानूनी मान्यता दिएको उदाहरण सहित उनले यौन व्यवसायलाई व्यवसायीक रुपमा विकास गरिनुपर्ने तर्क गरिन् ।

 

(नीलहिरा समाजकी अध्यक्ष तथा तेस्रो लिंगी अभियन्ता पिंकी गुरुङसँग नेपालआजको स्टुडियोमा लोकेन्द्र भट्टले गरेको अन्तरवार्तामा आधारित ।)

 

तेस्रो लिंगी पिंकी गुरुङ

विशेष