ग्रान्डी अस्पतालले बिरामीको ढाड सेक्दै यसरी ठगिरहेछ
अन्तर्राष्टिय अस्पतालको बहानामा ग्रान्डीको चर्को ठगी
काठमाडौं । देशैभरी नाम चलेको अस्पताल ग्राण्डीले स्वास्थ्य सेवाको नाममा बिरामीबाट चर्को मुल्य अशुल्दैआएको छ । यस अस्पतालले एकै शीर्षकमा फरक–फरक महल खडा गरी उपभोक्ताबाट दोहोरो शुल्क उठाउने गरेको भेटिएको हो ।
आपूर्ती मन्त्रालयअन्तरगत आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगनका क्रममा एकै प्रकृतिका शुल्क भए पनि फरक–फरक शीर्षक खडा गरी उपभोक्ता ठगी गरेको भेटिएको छ ।
अन्तर्राष्ट्रिय सुविधासम्पन्न भन्दै आफ्नो प्रचार गर्दैआएको ग्रान्डीले अनेक शिर्षकमा बिरामीलाई बील दिने गरेको छ । कतिपय शिर्षक बिरामीलाई जानकारी नै हुँदैन । साथै कल्पना नै गर्न नसकिने चर्को मुल्य अशुल्ने गरेको भेटिएको हो ।
प्रशासनिक, डाक्टर, नर्सिङ, सर्जरी चार्ज, इक्विपमेन्ट चार्ज, इनप्लान्ट चार्ज, प्रोसिडयोर चार्ज, इन्भेस्टिगेसन तथा अन्य चार्जलगायत एकै प्रकृतिका शुल्क भए पनि फरक–फरक शीर्षक राखी बील बनाउने गरेको छ ।
शिर्षकको प्रकृति हेर्दा भने उपभोक्ता ठग्ने प्रपन्च जस्तो मात्रै देखिने अनुगमनको क्रममा विभागले बताएको छ ।
साथै, १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा प्रधान गर्न प्रवाधानको समेत अस्पतालले ठाडो उल्लंग्न गरेको र ३५ प्रतिशत सहुलियत सेवामात्र प्रदान गरेको विभागले जनाएको छ ।
ग्राण्डीले चर्को शुल्क असुलेको आरोपमा विभागले ग्राण्डी अस्पताललाई ठगी मुद्दा दायर गर्न प्रहरीलाई पत्रचार गरेको थियो । ‘अस्पतालले प्रत्येक दर तथा शुल्क लिने गर्दा उपभोक्ताका बिरामीलाई बढीभन्दा बढी मार पर्न गएको स्पष्ट छ,’ विभागको कारवाही सिफारिसमा भनिएको छ, ‘प्रशासनीक, डाक्टर, नर्सिङ, सर्जरी र इक्विपमेन्ट चार एकै भए पनि फरक फरक शीर्षक राखी उपभोक्ताबाट रकम असुली गरिएको हुँदा प्रचलित कानुन बमोजिम ठगी मुद्दामा करवाही गर्न महानगरीय प्रहरी परिषर काठमाडौंलाई पेश गरिएको छ ।’
मुलुकी ऐन ठगीको महलको एक नम्बरमा झुटो कुरालाई सत्य हो भनी झुक्याई अथवा अरू जुनसुकै व्यहोराबाट धोका दिई अरूको चल र अचल धनमाल लिएमा ठगी गरेको हुने कानुनी व्यवस्था छ । सोही महलको चार नम्बरमा ठगी गर्नेलाई बिगो खुलेको भए बिगोको बमोजिम र बिगो नखुलेको भए ५ हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद हुने गरी दुवै सजाय हुने व्यवस्था छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा निशुल्क र गुणस्तरीय रूपमा प्राप्त गर्नुपर्ने स्वास्थ्य हकसम्बन्धी संवैधानिक व्यवस्था छ । नेपालमा सञ्चालित निजी अस्पतालले स्वास्थ्य सेवा कर र भ्याटमध्ये एउटा शीर्षकमा मात्रै कर असुल गर्न पाउँछन् । यसबाहेकका कुनै पनि सेवा शुल्क अस्पतालले बिरामीबाट लिन पाउने व्यवस्था कानुनमा छैन ।
यस विषयमा ग्राण्डी अस्पतालमा सम्पर्क गर्ने हाम्राे प्रयास असफल भएकाे छ ।