गणित विषयमा कमजाेर ऋतिक रोशन गणितका शिक्षक बने
छायांकनरत फिल्म 'सुपर–३०' सँग जोडेर बलिउड अभिनेता ऋतिक रोशनको चर्चा बढिरहेको छ। उक्त फिल्ममा ऋतिकले गणितज्ञ आनन्द कुमारको भूमिका निभाएका छन् ।
आफ्नो विद्यालय जीवन सम्झँदै ऋतिकले आफू गणितमा निकै कमजोर रहेको पनि खुलाएका छन्।
भारतमा चलिरहेको केन्द्रीय माध्यमिक शिक्षाबोर्डमा यसै पटक सोधिएको प्रश्नपत्रबारे ट्विट गर्दै ऋतिकले लेखेका छन्, ‘आजको गणितको प्रश्नपत्र पछिल्ला वर्षहरुभन्दा निकै सहज रहेछ, यस विषयका लागि बोर्डलाई बधाई। मेरो समयमा गणित निकै अप्ठ्यारो थियो।'
विद्यालय तहमा गणित विषयप्रति सधैं कमजोर र चिन्तित रहने ऋतिक फिल्म सुपर–३० मा गणित शिक्षकका रूपमा कसरी देखा पर्ने हुन् त्यो भने हेर्न बाँकी छ।