तिर्खा लाग्नुको कारण
काठमाडौं । तिर्खा लागेमा हामी पानी पिउने गर्छाै । शरीरमा पानीको अभाव हुँदा यसको सन्देश मस्तिष्कसम्म पुग्ने गर्छ । सन्देश पाइसकेपछि पानी पिइसकेपछि मात्र हामी सन्तुष्ट हुने गर्छाै । हामीले पिएको पानी शरीरमा पुग्न १० देखि १५ मिनेट लाग्ने गर्छ । पानी पिएपछि मस्तिष्कले संकेत पाउँछ ।
तर ‘पोलिडिप्सिया’ नामक सिन्ड्रोम भएका मानिसका लागि भने पानी खतरापूर्णसक्छ । यस्ता मानिसलाई अत्यधिक तिर्खा लाग्छ । जसकारण पानी निकै पिउछन् । पानीले रगतलाई धेरै पातलो बनाउने हुँदा रोगीको मृत्यु पनि हुन सक्छ । पानीका कारण रगत बढी पातलो हुँदा मानिसको मृत्यु पनि हुन सक्छ ।
किन र कसरी तिर्खा लाग्छ भन्ने विषयमा क्यालिफोर्निया इन्सिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले एउटा तथ्य पत्ता लगाएका छन् । शरीरले के लिइरहेको छ भन्ने कुरा मष्तिष्कले कसरी थाहा पाउछ भनेर अनुसन्धान गर्दा कोशिकाको एउटा सेटले पानी पिइरहेको सन्देश प्राप्त गर्छ भन्ने पत्ता लाग्यो । मष्तिष्कले पानीको सन्देश पाइसकेपछि बल्ल मानिसमा सन्तुष्टिको अनुभूति हुन्छ ।
विगत केही वर्षदेखि वैज्ञानिकहरुले मष्तिष्कमा तिर्खालाई नियमन गर्ने कोशिकाहरुको अध्ययन गरेका थिए । अध्ययनमा सहभागी युकि ओकाका अनुसार पानी पिएपछि मष्तिष्कको यो क्षेत्रको कोष शान्त हुन्छ । तर यो किन हुन्छ भन्ने विषयमा स्पष्ट छैन । मष्तिष्क र तिर्खाको सबन्ध पत्ता लगाउन श्रृंखलाबद्ध अध्ययन गरेका थिए ।
अध्ययनमा सहभागी विनित अगष्टिनका अनुसार मष्तिष्कको तिर्खासंवेदी केन्द्रमा रहेको ‘मिडियन प्रियोप्टिक न्युक्लियस’ नामक क्षेत्रले शरीरले पानी पिउँदैंछ भन्ने सन्देश अन्य कोषहरुलाई दिन्छ ।