खेल मुख्य समाचार

अदालतकाे आदेशले एन्फाको निर्वाचन अन्यौलमा

अदालतकाे आदेशले एन्फाको निर्वाचन अन्यौलमा

काठमाडौं । चैत १४ गते हुने भनिएको अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन नहुने भएको छ । अर्को निर्णय नभएसम्म निर्वाचन नगर्न ललितपुर उच्च अदालतले निर्देशन दिएपछि एन्फा निर्वाचन अन्यौल परेको हो ।

 


भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतले निर्वाचन नगर्न आदेश दिएको छ । न्यायाधीश राजकुमार वनको एकल इजलासले दुबै संघलाई निर्वाचनबाट वञ्चित गर्न नमिल्न भन्दै तत्काल निर्वाचन स्थगित गर्न भनेको छ ।

 


यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लवलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले उजुरी दिएका थिए । जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो ।

 


तर भक्तपुरले आफना निकटका क्लवलाई समावेश गरेर निर्वाचन गरेको भन्दै असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले १५ दिन भित्र दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । एन्फाको निर्वाचनमा दुर्इ प्यानलबिच प्रतिस्पर्धा हुँदैछ ।

 


सस्थापन पक्षबाट मणि कुँवर र परिवर्तनको नारासहित पुर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन । अदालतको आदेशसँगै निर्वाचन अन्यौलमा परेको छ ।

विशेष