कसरी सधैं खुसी र सुखी रहने ? यी हुन् तरिका
एजेन्सी । हामी दैनिक रुपमा स–साना कुराबाट पनि दुखी हुने गर्छाैं । विशेष गरी आफूले चिताएका कुराहरु पुरा नहुँदा हामी दुखी भइरहेका हुन्छौं । हामीले लेखाजोखा नै गरेका हुँदैनौं कि हामी दिनमा कतिपटक दुखी भइरहेका हुन्छौं ।
मान्छे आफूले चाहेर भन्दा नचाहेर नै दुखी भइरहने गर्छ । मान्छेले साना साना आवश्यकता पूरा गरेर नै खुसी खोज्ने गर्छ । यहाँ खुसी हुने केही तरिकाहरु छन् ।
१) मनको बिकार हटाउने
हामी खुसी हुन चाहन्छौं भने सर्वप्रथम मनको विकार हटाउनुपर्छ । नकारात्मक धारणाहरु (रिस, राग, इष्र्या, लोभ) त्याघिसकेपछि मात्र हामीबाट दुख हट्छ । जीवनमा न सधैं सुख हुन्छ न दुःख नै । त्यसलाई सामना गर्ने आफैंले हो ।
२) खुसी हामीभित्रै छ
हामी दुःखी भइरहेका हुन्छौं । किनकी हामी स्वयमः आफैंसँग दुःखी भइरहेका हुन्छौं । खुसी वास्तवमा आफैंभित्र हुन्छ । अरुले केही गरे वा आफूले चाहेको कुरा भएन भने हामी कहिल्यै दुःखी बन्नुहुन्न । वास्तवमा जीवन भनेकै सुख र दुःखको संगम हो । यसै सोचेर हामी खुसी हुने प्रयत्न गर्नुपर्छ । योग, व्यायाम जस्ता कुराबाट पनि मनलाई शान्त र खुसी तुल्याउन सकिन्छ ।
३) खुसीको बाहाना
खुसी हुने स–साना बहाना छन् । जसबाट हामी खुसी रहन सक्छौं ।
– आफुले उपलब्धी गरेको सफलतालाई स्मरण गर्नुहोस् । जीवनको कुन कुन क्षणमा, कसरी सफलता मिलेको थियो, मनन गर्नुहोस् ।
– बाल्यकालको फोटो, खेलौना, लुगाफाटो हेर्नुहोस् ।
– एकदमै मन मिल्ने साथीलाई बोलाएर विगतमा भोगेका रमाइला क्षणहरुको चर्चा गर्नुहोस् ।
– बाल्यकालमा तपाईलाई जे कुराले खुसी तुल्याउँथ्यो, त्यही चिजलाई फेरी दोर्होयाउनुहोस् । जस्तो कि, खेलौनाहरु सजाउने, फनी भिडियो हेर्न, पेन्टिङ गर्ने, मन परेको सामग्रीहरु संग्रह गर्ने आदि ।
– किशोरावस्थामा आफूलाई असाध्यै मन परेको गीत सुन्नुहोस्, पहिरन लगाउनुहोस्, भिडियो हेर्नुहोस् ।
– विद्यालय र क्याम्पसको बेला खिचिएको फोटोको एल्बम निकालेर हेर्नुहोस् ।
– पर्व, उत्सव, पारिवारिक जमघटलाई कसरी रमाइलो बनाउने भनेर घोत्लिनुहोस् ।
– राम्रो गीत बजाएर मस्त नाच्नुहोस् ।
– मीठो गीत सुन्दै रमाइलो पुस्तक पढ्नुहोस् ।
– बगैंचामा फूलहरु रोप्ने, स्यहार्ने गर्नुहोस् ।