समाज

गाई खान देउ नत्र धर्म निरपेक्ष हटाउ

गाई खान देउ नत्र धर्म निरपेक्ष हटाउ

विक्रम आदित्य । जातले म ब्राह्मणको छोरा हुँ । गाईलाई म लक्ष्मीका रुपमा पुजा गर्छु । स्वभाविक रुपमा लक्ष्मीलाई हामी आफ्नो माता मान्छौ । तर, हामीले माता मान्ने गाई काटेर खान पाउनुपर्छ भन्दै उठेका आवाजलाई पनि म स्वभाविक मान्छु । किनकी, उनीहरुले आफ्नो अधिकार मागिरहेका छन् । लोकतान्त्रिक मुलुक, त्यो पनि धर्म निरपेक्ष, अनि धर्म वा जात विशेषलाई प्रतिबन्ध किन ?

 

आज गाई काटेर खान दिँदैनौँ भन्दै उफ्रनेहरु हिजो धर्म सापेक्षताको पक्षमा उठेका आवाजप्रति हाँस्थे । गणतन्त्रमा के को धर्म सापेक्षता भन्थे । आज तिनै मान्छे, गाई काटेर खान्छौँ भन्दा अर्को धर्म वा जातप्रति असहिष्णु देखिएका छन् । हो, म आज पनि गाईलाई पुजा गर्छु, तर, संविधान पनि मेरा लागि उत्तिकै पुजनीय छ । संविधानले दिएको अधिकार जो कोहीले पनि उपभोग गर्न पाउनुपर्छ भन्ने मेरो बुझाइ हो । अहिले गाई काटेर खानेलाई जेल हाल्ने व्यवस्था छ । यदि मुलुक धर्म निरपेक्ष हो भने त्यो व्यवस्था खारेज गर्नुपर्छ ।

 

कुनै पनि कानुन वा विधि स्थापना गर्ने सवालमा ‘कज एण्ड इफेक्ट’लाई ख्याल नगर्दा नेपालमा यस्ता हैरानीयुक्त समस्या आइपरिरहन्छन् । त्यसैको एक उदाहरण हो, प्रदेश ३ कि उपसभामुख राधिका तामाङको अभिव्यक्ति ।

 

संविधान एकतातिर धर्म सापेक्षा मुलुक, सबै धर्मलाई समान रुपमा हेरिने, समान अधिकार दिइने भन्ने, अर्कोतिर चाहिँ कुनै धर्म समुदायको मान्यतालाई रोक्न खोज्ने प्रवृत्तिलाई कसरी स्वभाविक मान्न सकिन्छ ।

 

गाईको मासु सेवन गरेको आरोपमा मकवानपुर जिल्लाका ३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको छ । उनीहरु गाईलाई माता मान्दैनन्, आफ्नो शिकार मान्छन् । के यो मान्यतालाई रोक्ने अधिकार सरकारसँग छ रु छ भने धर्म निरपेक्षता के का लागि रु म मान्छु, कुनै पनि राज्यमा निश्चित समुदायका निश्चित मान्यताहरु हुन्छ । हिन्दु धर्मालम्बीहरुका गाईसम्बन्धी निश्चित मान्यताहरु छन् । तर, अर्को धर्म समुदाय वा जात विशेषका पनि त्यस्तै मान्यताहरु हुन्छन्, यसप्रति चाहिँ सरकार किन कठोर हुन्छ ?

 

तामाङ समुदायले गाई काटेर खाने प्रचलन नौलो पनि होइन । मुलुक धर्म निरपेक्ष हुनु अघिदेखि नै उनीहरु गाइ काटेर खान्थे । ऐतिहासिक कालदेखि नै गाईगोरुको मासु खाने प्रचलन रहेको उनीहरुले बताउँदै आएका छन् । फरक यति हो, उतिबेला संविधानले बन्देज लगाएको थियो र खुलामखुला गाई काट्न पाउँदैन थिए । अहिले धर्म निरपेक्ष मुलुकमा गाई काटेर खान उनीहरुलाई खासै हिचकिचावट छैन । पाेष्टपाटी अनलार्इनबाट

विशेष