तीताे यथार्थ ! गणतन्त्रकाे गीत राजधानीमा मात्रै बज्छ
शाहबंशले बिकाश नगरेको गोर्खा र माओवादी आन्दोलन पछिको गणतन्त्र सरकारले बिकाश नगरेको रुकुम उस्तै उस्तै रहेछ । मेरो प्रिय मित्र जित उदास गोर्खाली जीको आमालाई यसरी बोकेर अस्पताल पुर्याइएको थियो । यसरी नै कुनै बेला मेरो आमालाई पनि पुर्याएका थियौँ । अस्ति बहिनिलाई पनि बोकेरै पुर्याए तर बहिनी चाहिँ बाँचेन । – पृथी छक बुढा
जनताको बलिदानीबाट जन्मिएको गणतन्त्रले शहर तथा राजधानीमा गाना गाई रहेको छ अर्थात डिजेले र्यापतालमा गणतन्त्रलाई ढिकचिक-ढिकचिक बनाउदै बजाइ रहेको छ । उता दुर्गम रुकुममा भने अहिले सम्म गणतन्त्रको घाम लागेको छैन । गाउँलेहरु बिरामी हुँदा पिठ्युमा बोकेर अस्पताल पुर्याउने युग अझै बाँचिरहेको छ ।
जित उदास गोर्खालीले आफ्नो बृद्द आमा बिरामी पर्दा बोकेरै अस्पताल पुर्याए, आमालाई सन्चो भयो । रुकुमकै पृथी छक बुढाले पनि कैयौ पटक आफ्नो आमालाई बोकेर हजार माइलको लामो बाटो पार गरेर आमाको उपचार गराएका छन् तर उनको बहिनीलाई पनि यसरि बोकेर उपचारमा पुर्याउदा पनि बाँचिनन् ।
यसरि पिठ्यूँमा बोकेर अस्पताल पुर्याउदा अल्पायुमै संसार छोड्नेहरुको कथा अनगिन्ती छन् । यसरि बाँचेर फर्किनेहरू ठुलो युद्द जितेर आए झैँ लाग्छ । काल्पनिक लाग्ने वास्तविकताहरु हाम्रै देशका कथाहरु हुन् ।
तस्विर:जित उदास गोर्खालीको आमालाई उपचारका लागि बोकेर लगिदै