समाज

दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो, अर्को बाघसँग जुधेको अनुमान

दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो, अर्को बाघसँग जुधेको अनुमान

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर भन्दा दक्षिणमा एउटा पोथी बाघ आज मृत फेला परेको छ ।


निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटे बाघ मृत फेला परेको हो ।


बाघको टाउको, भूडी, गालामा गम्भीर चोट देखिएको छ । १०-१५ दिनअघि अर्को बाघसँग जुधेर घाउ भएको उनको अनुमान छ । राप्ती नदी किनारमा आधा शरीर पानीमा डुवेको अवस्थामा बाघ मृत भेटिएको उनले बताए।


अर्को बाघसँग जुधेर घाइते भएको उक्त बाघ घाउको संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।


पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका छन् । यो आर्थिक वर्षमा यसरी बाघ मरेको पहिलो हो ।

विशेष