खेल

जब राेनाल्डाे नायक बने

हार उन्मुख पाेर्चुगलले नतिजा उल्ट्यायाे

जब राेनाल्डाे नायक बने

पछिल्लो समय गुमाएको जस्तो देखिएको लय फेरि समातेर आफ्ना विरोधीबाट पनि प्रशंसा पाइरहेका क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

 

विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल र इजिप्टबिच शुक्रबार राति भएको मैत्रीपूर्ण खेललाई अहिले युरोपमा सबैभन्दा राम्रो लयमा रहेका दुई खेलाडी रियल मड्रिडका रोनाल्डो र लिभरपुलका मोहमद सालहबिचको प्रतिस्पर्धाका रुपमा हेरिएको थियो । तर बाजी भने रोनाल्डोले मारे ।

 

ज्युरिचमा भएको खेलमा रोनाल्डो कप्तान रहेको पोर्चुगलले इजिप्टलाई २-१ ले हरायो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । ५६ औँ मिनेटमा सालहले गोल गर्दै इजिप्टलाई सुरुवाति अग्रता दिलाए ।

 

खेलको निर्धारित समयसम्म पनि इजिप्ट र सालहको अग्रता कायम थियो । तर इन्जुरी समयमा रोनाल्डोले टिमको भारी यसरी बोकेकी इजिप्टको अग्रता मात्रै रोकेनन्, टिमलाई रोनाल्डोले जित नै दिलाए ।

 

इन्जुरी समयको दोस्रो मिनेटमा टिमका लागि बराबरी गोल फर्काएका रोनाल्डोले इन्जुरी समयकै चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए ।

 

इन्जुरी समयको दुई मिनेटको फरकमा रोनाल्डोले नतिजा उल्ट्याए । रोनाल्डोले क्लब र राष्ट्रिय टिमबाट पछिल्ला ९ खेलमा १९ गोल गरेका छन् ।

 

रोनाल्डोले राष्ट्रिय टिमबाट अहिलेसम्म ८१ गोल गरिसकेका छन् । उनले यो सिजन ४० खेलमा ४३ गोल गरिसकेका छन् ।

विशेष