मनोरञ्जन

‘नाईं नभन्नू ल ५’ मा बर्षालाई अफर गरिएको भूमिकामा केकीको ईन्ट्री

‘नाईं नभन्नू ल ५’ मा  बर्षालाई अफर गरिएको भूमिकामा केकीको  ईन्ट्री

काठमाडाै‌ । विकास आचार्यको ‘नाईं नभन्नू ल ५’ मा नायिका केकी अधिकारीको ईन्ट्री भएको छ । अर्की नायिका बर्षा सिवाकोटीलाई अफर गरिएको भूमिकामा केकी खेल्ने भएकी हुन् । केकीको आगमनसँगै लेखक, निर्माता तथा निर्देशक विकास आचार्यको ‘नाई नभन्नू ल ५’ ले पूर्णता पाएको छ ।

 

‘भूमिकालाई केही परिमार्जित गरेर केकीलाई लिएका हौं’, लेखक, निर्माता तथा निर्देशक आचार्यले भने, ‘केकीको भूमिकाले फिल्ममा खास महत्व राख्दछ ।’

 

फिल्ममा अनुभव रेग्मी, प्रियंका कार्की, दीलिप रायमाझी, स्वस्तिमा खड्का, सेड्रिना शर्माको मुख्य भूमिका रहनेछ । संगीत बसन्त सापकोटाले भर्नेछन् । अघिल्ला सिरिज जस्तै यसमा पनि पारिवारिक प्रेम कथा रहने उनको भनाई छ ।

 

‘नाईं नभन्नू ल ५’ को शनिबार मैतिदेवी मन्दिरमा शुभसाईत गरियो । यही सातादेखि छायाँकन सुरु हुने विकासले बताए । उनले भदौ ८ गते फिल्म दर्शकमाझ आउने समेत खुलाए । शो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ सहित अन्य फिल्म आउने चर्चा भएतापनि ‘नाईं नभन्नू ल ५’ भदौ ८ बाट पछि नहट्ने विकासले बताए ।

विशेष