स्वास्थ्य

कालाे चिया पिउनुकाे पाँच फाइदा, जुन कुनै अाैषधिभन्दा कम छैन

पसिना गन्हाउनेदेखि क्यान्सर राेगसम्मकाे निदान

कालाे चिया पिउनुकाे पाँच फाइदा, जुन कुनै अाैषधिभन्दा कम छैन

चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुचि हुन्छन्। कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले कालो चिया। तर बिहान खाली पेटमा दूध राखेको चिया पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ।

 

यद्यपि कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदा हुने गर्छन्। बिहान हर घरमा पाक्ने चियामध्ये कालो चियाको बारेमा केही फाइदा यसप्रकार छन् ।

 

१. रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ
कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउँछ, जसका कारण बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ।

 

२. क्यान्सर हुनबाट बचाउँछ
नियमित बिहान एक कप कालो चिया पिउने हो भने क्यान्सरजस्तो भयानक रोगबाट बच्न सकिन्छ।

 

३. मुटुजन्य समस्याबाट खतरा हुँदैन
एक अध्ययनअनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन।

 

४. छिट्टै बुढोपन देखिँदैन
कालो चियामा पाइने एन्टी अक्सिडेन्टले शरीरमा भएको टाक्सिन्सलाई बाहिर निकाल्छ । जसले गर्दा उमेर बढेको लक्षण छिटै देखिँदैन।

 

५. पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ
कतिपयको समस्याको जड बनेको हुन्छ पसिना। कसै कसैको पसिना निकै गन्हाउने हुन्छ। यो सामान्य नभई एक समस्या नै हो। त्यसैले पसिनाको दुर्गन्धबाट छुटकारा पाउनको लागि कालो चिया पिउनु उपयुक्त मानिन्छ।

विशेष