चुनावको दुई दिनअघि नै एन्फाकाे निर्वाचन स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चैत १४ का लागि तय भएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।
उच्च अदालत पाटनले बिहीबार एन्फा निर्वाचन तत्कालका लागि रोक्न अादेश दिएपछि निर्वाचन समितिले चुनाव स्थगित गरेको हो।
यसअघि अदालतको आदेशपछि अध्यक्षका प्रत्यासी कर्मा छिरिङ शेर्पाले चुनाव भाड्ने षड्यन्त्र भएको आरोप लगाएका थिए।
विश्व फुटबल महासंघले पनि निर्धारित समयमै चुनाव हुनुपर्ने भन्दै चासो व्यक्त गरेको थियो।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो।
आफूहरुलाई निर्वाचनबाट बञ्चित गराइएको उनीहरुको आरोप थियो। एन्फाका जिल्ला सदस्यमध्ये मकवानपुर र भक्तपुरको निर्वाचन हुन सकेको थिएन। दुवै जिल्लामा प्रतिनीधि चयनको विवाद थियो।
तत्कालीन एन्फा अध्यक्ष गणेश थापा फिफाबाट प्रतिबन्धमा परेपछि पुर्ण कार्यकालका लागि यसपटक निर्वाचन हुँदै छ।