खेल मुख्य समाचार

अस्ट्रेलियाका कप्तान स्मिथ र उपकप्तान वार्नर बर्खास्त

अस्ट्रेलियाका कप्तान स्मिथ र उपकप्तान वार्नर बर्खास्त

केप टाउन । स्टेभिन स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको कप्तान र उपकप्तानबाट बर्खास्त भएका छन्। दक्षिण अफ्रिका टेस्टका दौरान बल टेम्परिङ (बल कोट्याएर स्वरुप बिगार्ने) काण्डका कारण दुवै जनालाई बर्खास्त गरिएको हो।

 

घटना दक्षिण अफ्रिका विरुद्धको टेस्टको तेस्रो दिन शनिबार भएको थियो। अब विकेटकिपर टिम पिनेले बाँकी २ दिन अस्ट्रेलियन टिमको कप्तानी गर्नेछन्। बर्खस्त भएका दुवैले खेल भने खेल्नेछन्।

 

क्रिकेट अस्ट्रेलियाका सिइओ जेम्स साउदरल्यान्डले दुवै खेलाडीसँग छलफल भएको तथा दुवैले घटनामा गल्ति भएको स्विकार गरेको बताएका छन्। त्यसपछि क्रिकेट अस्ट्रेलिया बोर्डको आकस्मिक बैठकले दुई जनालाई बर्खास्त गर्दै पिनेलाई नयाँ कप्तान नियुक्त गरेको हो।

 

ओपनिङ ब्याट्सम्यान बानक्रफ्टले न्युल्यान्ड टेस्टसका दौरान बल कोट्याएर स्वरुप बिगारेको' टेलिभिजन स्क्रिनमार्फत प्रत्यक्ष रुपमा सार्वजनिक भएपछि आइसिसीले उनलाई कारबाही गरिसकेको छ।

 

दक्षिण अफ्रिका विरुद्धको टेस्टका दौरान अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल कोट्याएर स्वरुप परिवर्तन गर्न खोजेको सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलियाले अनुसन्धान सुरु गरिसकेको छ।

 

अनुसन्धानका लागि हेड अफ इन्टिग्रिटी इयान रोए र हाइ पर्मफेन्स म्यानेजर पाट हवार्ड दक्षिण अफ्रिका पुगेका छन्। क्रिकेट अस्ट्रेलियाका सिइओ सउदरल्यान्डका अनुसार 'बल कोट्याएर स्वरुप बिगार्ने' कान्डमा संग्लनमाथि उनीहरुले अनुसन्धान गर्नेछन्।

 

 

 

 

स्मिथले आफ्नो कप्तानीका दौरान भएको घटनाबारे माफी माग्दै भनेका छन्, 'यो खराब बिकल्प हो। घटनाबारे हामीलाई पछुतो छ। यो खेल भावना विपरिको काम हो। मलाई अत्यन्त दुख लागेको छ।'

विशेष