समाज भिडियो अन्तरवार्ता

उपसभामुखज्यु, बोल्दा विचार पुर्याउनु होला, नेपालीहरु सधै माला जपेर बस्दैनन् (भिडियो)

उपसभामुखज्यु, बोल्दा विचार पुर्याउनु होला, नेपालीहरु सधै माला जपेर बस्दैनन् (भिडियो)

काठमाडौं । प्रदेश ३ की उपसभामुख राधिका तामाङले देश धर्म निरपेक्ष भइसकेको भन्दै गाई काटेर खान सकिने कानुन बनाउनुपर्ने बताएपछि उनको चर्को आलोचना भएको छ ।


उपसभामुख तामाङको उक्त अभिव्यक्तिको यतिबेला सामाजिक सञ्जालमा पनि कडा आलोचना भइरहेको छ । सो विषयलाई लिएर हिन्दु धर्मावलम्बीहरुले राज्यको जिम्मेवारी पदमा बसेको मानिसले यस्तो कुरा बोलेको भन्दै यसले धार्मिक सम्प्रदायबीचको दन्द्व सिर्जना हुने प्रतिक्रिया दिइरहेका छन् ।

 

तामाङको अभिव्यक्तिलाई विश्व हिन्दुमहासंघको कुन रुपमा लिएको छ भन्नेबारेमा नेपाल आजले विश्व हिन्दुमहासंघकी महासचिव अस्मिता भण्डारीसँग संवाद गरेको छ । महासचिव भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

 

महासचिव भण्डारी भन्छिन्, उपसभामुख जस्तो मनिसले यस्तो कुरा गर्न नै उनमा नेपालको राष्ट्रिय जनावर गाईको महत्व र अर्थ नबुझेको सहजै अड्कल गर्न सकिन्छ । उनलाई यस्तो लाचार कुरा गर्न कसले प्रेरित गर्यो ? राज्यको जिम्मेवार व्यक्तिबाट यस्तो आपत्तिजनक कुरा आउनु दुखद हो ।

 

नेपाललाई दलालहरुले डलरको लोभमा धर्म निरपेक्ष बनाएको भण्डारीको आरोप छ । गाई प्रति मानिसको धार्मिक सद्धभाव रहेकोले गाईलाई अन्य जनावरसँग तुलना गर्न नमिल्ने उनको तर्क छ ।

 

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई देशमा जनताको भावनामा घात गरेको बताईँन् । अहिले आएर उनीहरुमा आफूले गरेको कार्यप्रति आत्मगलानी भएको उनले बताईन् ।

 

भण्डारीले भनिन्, प्रचण्डले ८४ प्रतिशत जनताको लोकतान्त्रिक अधिकार खोसेका छन् । जसको सराप अहिले बाबुरामलाई लागेको छ । राजनीतिका नाममा जनभावना विपरित कार्य नगर्न उनले सबै नेतालाई सुझाव दिएकी छन् । अहिले नेताहरुले देशलाई बन्धक बनाएको भन्दै उनले अब काम गर्न नसक्ने भए पछाडि हट्न सुझाईन् ।

 

विभिन्न आरक्षणको नाममा निर्वाचनबाट संसदमा आएकाहरु अयोग्य, अक्षमतावान र चेतनाको कमी भएका व्यक्तिहरु हुनाले यस्तो अभिव्यक्ति आएको उनको बुझाई छ ।

 

भण्डारीले भनिन, युरोपियन युनियनले राजनीतिक दलहरुलाई डलर दिएर निर्वाचनमा ठूलो सहयोग गरेकाले नै हिन्दु राष्ट्रको एजेण्डा बोकेका दलहरुले पैसाको अगाडि निरह बन्नु परेको छ ।

 

कसैबाट पनि देशलाई धर्म र जातिका नाम दन्द्धको स्थिती सिर्जना नगराउने राष्ट्रिय एकता र सद्धभावमा नखल्बलाउन उनको सुझाव छ ।

 

हिन्दु धर्मावलम्बीहरुको सोझोपनाको फाईदा उठाउने काम गरेको खण्डमा हिन्दृुहरु माला मात्र जपेर बस्दैनन्, माला जप्ने हातहरु भाला उठाउन पनि तयार रहेको उनले बताईन् । यसको जफावदेही अहिले यस्ता अभिव्यक्ति दिनेले हुनुपर्ने भण्डारी भनिन् ।

अस्मिता भण्डारी राधिका तामाङ धर्म निरपेक्ष

विशेष