समाज

दुहबी नगरपालिकाकी उपमेयरले पैसाकाे कारण वडाध्यक्ष कुटिन्

दुहबी नगरपालिकाकी उपमेयरले पैसाकाे कारण वडाध्यक्ष कुटिन्

वडा सदस्यलाई हातपात गर्ने दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल शाहले माफी मागे मागेकी छन् । नगरपालिकाका जनप्रतिनिधिहरुबीच बजेट फर्स्योटको विषयलाई लिएर भएको कुटाकुटको घटनामा उनले वडाध्यक्षसहित सदस्यमाथि हातपात गरेकी थिइन् ।

 

उपप्रमुख शाहले माफी मागेको प्रमुख वेद गच्छदारले बताए। उपप्रमुखले वडा सदस्यमाथि गरेको हातपातको घटनाले नगरपालिकाको बदनाम भएको भन्दै नगरकार्यपालिकाको बैठक बोलाइएको थियो।

 

बैठकमा प्रमुख गच्छदारले जनप्रतिनिधिहरुको झगडा बाहिर नलैजाउँ भनेपछि शाहले माफी मागेको बताइएको छ। उक्त घटनापछि नगरपालिकाको विकास निर्माण अनुगमन समितिको संयोजक समेत रहेकी उपप्रमुख शाहलाई समितिबाट समेत हटाइएको प्रुमख गच्छदारले जानकारी दिए।

 

विवाद बढेपछि अनुगमन समितिलाई तत्कालका लागि निष्कृय बनाइएको छ। उपमेयर शाहले भने आफुलाई अनुगमन समितिबाट हटाउन पहिलादेखि नै चलखेल भएको आरोप लगाएकी छन्।

 

प्रमुख गच्छदार, उपप्रमुख शाह, वडाध्यक्ष रौनियार र सदस्य योञ्जन चार जना नै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। दुहबी–५ मा रहेको खेलमैदान पुर्नका लागि नगरपालिकाले छुट्याएको आठ लाख रुपैयाँको योजना उपभोक्ता समितिमार्फत काम भइरहेको थियो।

 

गत शुक्रबार वडा नम्बर ५ का वडाध्यक्ष रमेश रौनियार, समितिका पदाधिकारी, सस्दय कृष्ण योञ्जन, र उपप्रमुख शाहबीच विवाद बढ्दै जाँदा वडा सदस्य याेञ्जनमाथि शाहले हातपात गरेकी हुन्।

विशेष